अमेरिका र इरानबीच केही मुद्दामा सहमति जुटेको समाचार आए
अमेरिका र इरानबीच केही मुद्दामा सहमति जुटेको समाचार आएका छन् ।
बीबीसी फारसी सेवाका अनुसार इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकासँग केही मुद्दामा सहमति जुटेको बताएका छन् ।
उनले यसको अर्थ तत्काल कुनै सम्झौतामा हस्ताक्षर हुने सम्भावनाबारे पनि प्रस्ट खुलाएका छैनन् ।
यसअघि आइतबार इरानी सरकारी सञ्चारमाध्यमले अमेरिका–इरानबीच एकदेखि दुई मुद्दामा मात्रै मतभेद बाँकी रहेको समाचार सार्वजनिक गरेको थियो ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता बगाईले सहमतिको ढिलाइ हुनुको कारण अमेरिकी अधिकारीहरूको विरोधाभाषपूर्ण धारणा र वार्ताकै बीच हमला गर्ने अमेरिकी इतिहास रहेको टिप्पणी गरेका छन् ।
यसअघि सोमबार भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग आज सोमबार युद्ध समाप्त हुनेगरी सम्झौता हुने सम्भावना औंल्याएका थिए ।
नयाँ दिल्लीमा पत्रकारसँग कुराकानी गर्दै विदेशमन्त्री रुबियोले भनेका थिए,‘हामी अहिले पनि त्यही काम गरिरहेका छौं । जस्तो मैले पहिलो भनेको थिएँ । हामीलाई लागेको थियो, सायद हिजो राति केही खबर आउँछ । तर अब आज आउँला ।’
उनले अमेरिकासँग बलियो प्रस्ताव आएको पनि दाबी गरेका थिए । जसमा स्ट्रेट अफ होर्मुज खोल्ने र निर्धारित समयमा परमाणुका विषयमा वार्ता सुरु गर्ने विषय पनि सामेल रहेको उनले बताएका थिए ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया