इरान–अमेरिका वार्ताः तत्काल प्रगतिको सम्भावना कमजोर, होर्मुज र आणविक मुद्दा प्रमुख विवाद
इरान र अमेरिकाले तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता गरिरहेका छन्, तर वार्तामा तत्काल कुनै ठुलो प्रगति हुने सम्भावनालाई दुवै पक्षले कम आँकेका छन् । वार्ता 'अझै प्रारम्भिक र जटिल' चरणमा रहेको बताउँदै दुवै पक्षले छिट्टै सम्झौता हुने अपेक्षाहरू धूमिल पारेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले वाशिङ्टनले कूटनीतिलाई पूर्ण मौका दिने तर आवश्यक परे 'अन्य विकल्प' पनि खुला राख्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वार्ताकारहरूलाई वार्तामा कुनै पनि हतार नगर्न भनेपछि रुबियोको अभिव्यक्ति आएको हो ।
रुबियोका अनुसार हाल छलफलमा एक प्रारम्भिक प्रस्ताव टेबलमा छ, जसमा स्ट्रेट अफ होर्मेुज खोल्ने, आणविक मुद्दामा सीमित समयको गम्भीर वार्ता गर्ने र केही प्राविधिक समाधान खोज्ने विषय समावेश छन् । 'यदि राम्रो सम्झौता भयो भने ठीक छ, नभए हामी अन्य तरिकामा अघि बढ्छौं,' उनले भने । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार तत्काल कुनै सम्झौता सम्भव नरहेको बताएका छन् । उनका अनुसार केही प्रारम्भिक ढाँचा बने पनि ठोस सहमति नजिक पुगेको अवस्था छैन ।
उनले स्ट्रेट अफ होर्मुजको व्यवस्थापनबारे कुनै विशेष सहमति नभएको पनि उनले स्पष्ट पारेका छन् । इरानको तटवर्ती क्षेत्र भएकाले यसको नियन्त्रण र व्यवस्थापन क्षेत्रीय अधिकारभित्र पर्ने तेहरानको दाबी छ ।
यसैबिच अमेरिकी अधिकारीहरूले भने इरानले सैद्धान्तिक रूपमा स्ट्रेट अफ होर्मुज खोल्न र अत्यधिक संवर्धित युरेनियम हटाउन सहमति जनाएको दाबी गरेका छन् । उनीहरूका अनुसार यदि प्रारम्भिक ढाँचा लागु भयो भने ६० दिनभित्र अन्तिम सम्झौता गर्ने लक्ष्य राखिएको छ ।
वार्ताको मुख्य विवादका विषयहरूमा इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा, जमेका तेल राजस्व फिर्ता, तथा इजरायल–हिजबुल्लाह द्वन्द्वको प्रभाव समावेश छन् । आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा नागरिक प्रयोजनका लागि भएको दाबी गर्दै इरानले युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार भएको बताउँदै आएको छ ।
एक दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै स्ट्रेट अफ होर्मुजमा इरानी जहाजहरूमाथि अमेरिकी नाकाबन्दी ‘सम्झौता नभएसम्म, यो प्रमाणित नभएसम्म र यसमा हस्ताक्षर नभएसम्म पूर्ण शक्ति र प्रभावकारी रहने भनेका थिए । दुवै पक्षले आफ्नो समय लिनुपर्ने असली स्थितिलाई सही बनाउनुपर्नेमा पनि उनले जोड दिएका थिए ।
अमेरिका र इरान शान्ति सम्झौताको नजिक पुगेको आशा बढ्दै जाँदा सोमबार तेलको मूल्य ५ प्रतिशतले घटेर दुई हप्ताको न्यूनतम बिन्दुमा पुगेको थियो ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया