किएभमा ओरेसनिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक आक्रमणका क्रममा शक्तिशाली हाइपरसोनिक ‘ओरेसनिक’ ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेका छन् ।
आणविक वा परम्परागत दुवै प्रकारका हतियार बोक्न सक्षम उक्त क्षेप्यास्त्र युक्रेनमा प्रयोग भएको यो तेस्रो पटक भएको बताइएको छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार उक्त मिसाइलले किएभ क्षेत्रको बिला सेरक्वा सहरलाई निशाना बनाएको थियो, यद्यपि वास्तविक लक्ष्य तत्काल स्पष्ट हुन सकेको छैन ।
यसअघि रुसले पहिलो पटक नोभेम्बर २०२४ मा युक्रेनी सहर ड्निप्रोमा बहु–वारहेडयुक्त ओरेसनिक क्षेप्यास्त्र प्रयोग गरेको थियो भने दोस्रो पटक जनवरी महिनामा पश्चिमी लिभिभ क्षेत्रमा प्रयोग गरिएको बताइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार ‘ओरेसनिक’ नाम रूसी भाषामा हेजलनट रूखसँग सम्बन्धित छ । उनले उक्त क्षेप्यास्त्र ध्वनिको गतिभन्दा करिब १० गुणा अर्थात् म्याक १० गतिमा यात्रा गर्न सक्षम रहेको र यसले भूमिगत बङ्करहरू तीनदेखि चार तला वा अझ गहिराइसम्म ध्वस्त पार्न सक्ने दाबी गरेका छन् ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया