अमेरिका–इरान शान्ति वार्ताबारे ट्रम्पले भने– पुनः युद्ध हुने सम्भावना ५०/५० प्रतिशत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता वा पुनः युद्ध सुरु हुने सम्भावना ५०/५० प्रतिशत रहेको बताएका छन् । अमेरिकी मिडिया आउटलेट एक्सियोसलाई दिएको अन्तर्वार्तामा उनले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गर्ने/नगर्ने विषयमा आफूले आइतबारसम्म निर्णय लिने बताएका हुन् ।
ट्रम्पका अनुसार, उनले आफ्ना वार्ताकारबाट इरानको नयाँ प्रस्तावको समीक्षा गराएपछि मात्र अन्तिम निर्णय लिनेछन् । उनले भने, “दुईमध्ये एउटा कुरा हुनेछ । या त हामी उनीहरूमाथि पहिलेभन्दा अझ ठूलो आक्रमण गर्नेछौँ वा एउटा राम्रो सम्झौतामा हस्ताक्षर हुनेछ ।”
ट्रम्पले इरानबारे आफ्नो नीति पूर्ण रूपमा स्पष्ट रहेको पनि बताएका छन् । वार्ता सफल नभए अमेरिकाले कडा सैन्य कदम चाल्न सक्ने उनको भनाइ छ ।
ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू कुनै कमजोर वा खराब सम्झौताबारे चिन्तित रहेको भन्ने दाबीलाई पनि अस्वीकार गरे । उनले नेतान्याहू चिन्तित नरहेका भन्दै सम्भावित सम्झौताप्रति इजरायलको दृष्टिकोण सकारात्मक रहेको संकेत गरे ।
यसैबीच, अमेरिका र इरान होर्मुज जलमार्ग पुनः खुला गर्न तयार भएका जनाइएको छ । फाइनान्सियल टाइम्सका अनुसार, दुवै देशले सबैभन्दा पहिले युद्धविरामलाई थप ६० दिनका निम्ति विस्तार गर्ने सम्भावनामा सहमति जुटाउने प्रयास गरिरहेका छन् ।
होर्मुजलाई विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल व्यापारिक मार्गमध्ये एक मानिन्छ । होर्मुज पुनः सामान्य रूपमा सञ्चालनमा रहे अन्तर्राष्ट्रिय ऊर्जा बजारलाई उल्लेखनीय राहत दिन सक्छ ।
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
प्रतिक्रिया