शनिबार साँझ ‘गोली चलाउने व्यक्ति’ गत वर्ष ह्वाइट हाउस छिर्ने प्रयास गरेका युवक
अमेरिकाको राष्ट्रपति कार्यालय (ह्वाइट हाउस) नजिकै शनिबार साँझ ‘गोली चलाउने व्यक्ति’को पहिचान भएको छ।
एक अनुसन्धान अधिकारीले सीबीएस न्युजलाई दिएको जानकारीअनुसार गोली हान्ने व्यक्ति नासिर बेस्ट नामका २१ वर्षीय युवक हुन्।
स्रोतले बताएअनुसार उनलाई जुलाई २०२५ मा ह्वाइट हाउसमा प्रवेश गर्ने प्रयास गर्दा पनि अमेरिकी गुप्तचर सेवाले पक्राउ गरेको थियो।
तर मानसिक स्वास्थ्य समस्या देखिएपछि उनलाई मनोचिकित्सा वार्डमा पठाइएको थियो।
अमेरिकी गुप्तचर सेवाका अनुसार उक्त युवकले शनिबार साँझ ६ बजे १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्युनजिकै आफ्नो झोलाबाट हतियार निकालेर गोली चलाएको थियो।
लगत्तै गुप्तचर टोलीका अधिकारीहरूले जवाफी गोली हान्दा युवकलाई लाग्यो र अस्पताल पुर्याउनासाथ उनलाई मृत घोषणा गरियो।
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
प्रतिक्रिया