चिनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ जना पुग्यो नौ जना अझै बेपत्ता
ताइयुवानको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार उत्तरी चीनको साङ्सी प्रान्तमा भएको कोइला खानी दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ भने अन्य नौ जना अझै बेपत्ता छन् ।
स्रोतका अनुसार ताइयुआन काउन्टीको लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट भएर दुर्घटना भएको थियो । प्रान्त सरकारले उद्धारकर्ता र चिकित्सा कर्मचारीसहित ७५५ जनालाई घटनास्थलमा उद्धारका लागि तैनाथ गरेको र उद्धार कार्य जारी रहेको जनाएको छ ।
कुल १२३ जनालाई उपचारका लागि अस्पताल पठाइएको मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ३३ जना घर फर्केको जनाइएको छ ।
खानी दुर्घटनामा सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई कानुन अनुसार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ब्यूरोले जनाएको छ ।
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
प्रतिक्रिया