इरान युद्धले अर्थतन्त्र डामाडोल भएको भन्दै विश्व बैंकसँग २७ देशको हारगुहार
इरान युद्ध सुरु भएदेखि नै २७ देशले विश्व बैंकसँग आर्थिक सहयोगका लागि अपिल गरिरहेका छन्।
न्युज एजेन्सी रोयटर्सका अनुसार यो कुरा विश्व बैंकको आन्तरिक दस्तावेजबाट खुलासा भएको हो।
ती देशले इरान संकटले उनीहरूको अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गरेका छन्।
यद्यपि दस्तावेजमा सहयोग मागेका देशको नाम वा रकम उल्लेख गरिएको छैन।
यस विषयमा अहिलेसम्म विश्व बैंकले पनि कुनै टिप्पणी गरेको छैन।
इरान युद्ध सुरु भएदेखि नै विश्वव्यापी ऊर्जा बजार अवरुद्ध भएका छन्। यसले विकासशील देशहरूलाई आपूर्ति शृंखला र आवश्यक मल आपूर्तिमा असर पारेको छ।
केन्या र इराकका अधिकारीहरूले युद्धको असर सम्बोधन गर्न विश्व बैंकबाट तत्काल आर्थिक सहयोग खोजिरहेको पुष्टि गरेका छन्।
ती २७ देश विश्व बैंकको आपत्कालीन वित्तपोषण सुविधाअन्तर्गत संकटको समयमा तत्काल आर्थिक सहयोगका लागि योग्य १०१ देशमध्ये पर्छन्।
यसको अर्थ यदि कुनै देशलाई युद्ध, ऊर्जा संकट, प्राकृतिक प्रकोप वा आपूर्ति शृंखला बिग्रनेजस्ता कारणले अचानक बढ्दो आर्थिक दबाब पर्यो भने उसले विश्व बैंकबाट द्रुत रूपमा रकम निकासाको माग गर्न सक्छ।
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
प्रतिक्रिया