पाकिस्तानका सेना प्रमुख इरानमा, इरानी विदेशमन्त्रीसँग राति अबेरसम्म वार्ता
पाकिस्तानका सेना प्रमुख (फिल्ड मार्सल) आसिम मुनिर शुक्रबार इरानको राजधानी तेहरान पुगेका छन्।
उनले शुक्रबारै इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गरेका छन्।
स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार दुई जनाबिच राति अबेरसम्म वार्ता भएको छ।
इरान सरकारको आधिकारिक एक्स ह्यान्डलमा लेखिएको छ, ‘बैठकमा दुवै पक्षले युद्ध अन्त्य गर्ने पछिल्लो प्रयास र मध्यपूर्वमा शान्ति- सुरक्षा बलियो बनाउने उपायका विषयमा छलफल भयो।’
अर्कातर्फ अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले शुक्रबार आफूहरू आसिम मुनिरसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्।
उनले भनेका छन्, ‘पाकिस्तानले राम्रो काम गरेको छ। हामी यस विषयमा उनीहरूसँग काम गरिरहेका छौँ र यो क्रम जारी राख्नेछौँ।’
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौतामा पुग्न तयार रहेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘इरान सम्झौता गर्न तयार छ, अब के हुन्छ हेरौँ। तर हामीले उनीहरूविरुद्ध कडा कारबाही गर्यौँ, हामीसँग अर्को विकल्प थिएन, किनभने इरानले आणविक हतियार राख्न पाउँदैन।’
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
प्रतिक्रिया