ट्रम्प र नेतन्याहुबिच ‘मतभेद’, अन्योलमा इरान युद्ध
इरान युद्धका विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुबिच मतभेद भएको छ।
एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार ट्रम्प र नेतन्याहुबिच मंगलबार फोनमा ‘तनावपूर्ण कुराकानी’ भएको हो।
त्यस क्रममा इरान युद्धलाई कसरी अगाडि बढाउने भन्ने विषयमा उनीहरूले फरक फरक विचार राखेका थिए।
त्यसो त उनीहरूबिच यस्तो मतभेदपूर्ण संवाद भएको यो पहिलोपटक होइन।
एक अधिकारीले बताएअनुसार आइतबार पनि ट्रम्प र नेतन्याहुबिच कुरा भएको थियो।
त्यसबेला ट्रम्पले भनेका थिए, ‘इरानविरुद्ध नयाँ हमला अपरेसन स्लेजह्यामर अघि बढाऊँ।’
तर त्यसको २४ घण्टापछि ट्रम्पले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) लगायत खाडी मुलुकको अनुरोधमा मंगलबार इरानमा गर्ने भनिएको हमला रोकिएको घोषणा गरे।
अमेरिकी अधिकारी एवं जानकार व्यक्तिले भनेका छन् त्यसबेलादेखि, खाडी मुलुकहरू कूटनीतिक वार्ता अगाडि बढाउन ह्वाइट हाउस र पाकिस्तानी मध्यस्थकर्तासँग सम्पर्कमा छन्।
अमेरिकी अधिकारीका अनुसार मंगलबारको कुराकानीमा नेतन्याहुले निराशा हुँदै ट्रम्पसँग भनेका थिए, ‘आक्रमणमा ढिलाइ गर्नु गल्ती थियो, राष्ट्रपतिले योजनाअनुसार काम जारी राख्नुपर्छ।’
एक इजरायली स्रोतका अनुसार एक घण्टा लामो कुराकानीका क्रममा नेतन्याहुले सैन्य कारबाही पुनः सुरु गर्न जोड दिएका थिए।
एक इजरायली अधिकारीले भने, ‘मतभिन्नता स्पष्ट थिए- ट्रम्प सम्झौतामा पुग्न सकिन्छ कि भनेर हेर्न चाहन्थे, तर नेतन्याहु अरू नै केही आशा गरिरहेका थिए।’
दुई महिनापछि इरान र इजरायलबिच फेरि हानाहान
७ वर्षपछि उत्तर कोरिया पुगे सी, किमले गरे भव्य स्वागत
फिलिपिन्समा शक्तिशाली भूकम्प: मृतकको संख्या १५ पुग्यो
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ आतङ्ककारी मारिए
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
प्रतिक्रिया