राजधानीमै युक्रेनी आक्रमणले आक्रोशित रूस आणविक अभ्यासमा
काठमाडौं– युक्रेन युद्ध तीव्र भइरहेका बेला रूसले देशभरका हजारौँ सैनिक सहभागी गराउँदै तीन दिन लामो र ठूलोस्तरको आणविक हतियार अभ्यास सुरु गरेको छ ।
किएभले ड्रोन आक्रमणहरू बढाइरहेका र राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा जानुअघि भएको यो अभ्यासलाई रणनीतिक रूपमा महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ ।
रूसी सेनाले मङ्गलबारदेखि मे १९ देखि २१ सम्म सञ्चालन हुने उक्त अभ्यासमा आक्रमणको सम्भावित खतरा सामना गर्ने परिस्थितिमा आणविक शक्तिको तयारी र प्रयोगसम्बन्धी परीक्षण गरिने जनाएको छ ।
रक्षा मन्त्रालयका अनुसार यो अभ्यासले देशको आणविक क्षमता र आपतकालीन अवस्थाको तयारीलाई सुदृढ बनाउने उद्देश्य राखेको छ ।
रूसले युक्रेनमा करिब चार वर्षभन्दा बढी समयदेखि जारी आक्रमणका क्रममा बारम्बार आणविक हतियार प्रयोगको चेतावनी दिँदै आएको छ ।
पछिल्लो अभ्यास पनि त्यही पृष्ठभूमिमा आएको हो, जहाँ मस्को र पश्चिमी मुलुकबीचको तनाव उच्च बनेको छ ।
रक्षा मन्त्रालयले जारी गरेको विवरणअनुसार यस अभ्यासमा ६५ हजारभन्दा बढी सैनिक सहभागी हुनेछन् ।
साथै सात हजार ८०० प्रकारका उपकरण तथा हतियार प्रणाली प्रयोग गरिनेछ, जसमा २०० भन्दा बढी मिसाइल प्रक्षेपण प्रणाली समावेश छन् ।
अभ्यासमा विमान, युद्धपोत, पनडुब्बी र आणविक पनडुब्बीसमेत सहभागी हुने जनाइएको छ ।
यस क्रममा ब्यालेस्टिक र क्रुज मिसाइलहरूको परीक्षण पनि गरिने बताइएको छ, जसले रूसको आणविक प्रतिरोध क्षमता र तयारी अवस्था मूल्याङ्कन गर्नेछ ।
मन्त्रालयका अनुसार यो अभ्यासमा बेलारुसमा तैनाथ आणविक हतियारसँग सम्बन्धित संयुक्त अभ्यास पनि समेटिएको छ ।
रूसले नाटोसँगको सीमामा रहेको आफ्नो सहयोगी बेलारुसमा पहिले नै आणविक क्षमतायुक्त ओरेसनिक मिसाइल प्रणाली तैनाथ गरिसकेको छ ।
यसैबीच, रूस–अमेरिकाबीचको पछिल्लो प्रमुख आणविक हतियार नियन्त्रण सम्झौता समाप्त भएको केही महिनापछि यो अभ्यास गरिएको हो ।
उक्त सम्झौता समाप्त भएपछि विश्वका दुई ठूला आणविक शक्ति राष्ट्रबीचको औपचारिक नियन्त्रण संरचना कमजोर बनाएको मानिएको छ ।
पुटिनले मस्कोको आणविक शक्तिबारे हालै गरेका कडा टिप्पणीहरूका बीचमा यो अभ्यास सार्वजनिक गरिएको हो ।
विश्लेषकहरूका अनुसार यसले रूसको सैन्य तयारी र रणनीतिक दबाब दुवैलाई प्रदर्शन गर्ने उद्देश्य राखेको छ ।
यो अभ्यास राष्ट्रपति पुटिन चीनतर्फ दुई दिने भ्रमणमा प्रस्थान गर्नुअघि केही घण्टा अघि घोषणा गरिएको हो, जसलाई अन्तर्राष्ट्रिय कूटनीतिक सन्दर्भमा पनि चासोका साथ हेरिएको छ ।
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया