फिल्ममा सुहानालाई कुट्नु पर्दा अलि गाह्रो भयो: प्रकाश सपुत

 गायक तथा कलाकार प्रकाश सपुतले अभिनेत्री सुहाना थापालाई फिल्ममा गाली गर्नु पर्दा अलि गाह्रो भएको बताएका छन् ।

बिहीबार चलचित्र ‘परालको आगो’ को ट्रेलर रिलिज कार्यक्रममा उनले सुहानालाई चलचित्रको सिनमा गाली गर्नु पर्दा अलि गाह्रो भएको अनुभव सुनाएका हुन् ।

उनले भने ‘यति राम्रो मान्छेलाई गाली गर्नु पर्ने सिनमा थर्काउनु पर्ने, कुट्नु पर्ने गर्दाखेरि अलि गाह्रो भयो । एउटा अभिनेताको रूपमा काम गर्नुपर्दा सबैभन्दा राम्रो अनुभव नै पात्र निभाउन पाउनु हो । वर्कसप केही अप्ठ्यारो पनि भएको थियो त्यसपछि चाहिँ सेटमा जाँदाखेरि हामी कम्फर्टेबल भइसकेका थियौँ । लड्नको लागि पनि माया गर्नको लागि पनि ।’