कट्रिनाले जन्माइन् छोरा

काठमाडौँ, २२ कात्तिकः बलिउड अभिनेत्री कट्रिना कैफ आमा बनेकी छन्। उनले शुक्रबार छोरा जन्माएकी हुन्। 

कट्रिनासहित उनका श्रीमान् तथा अभिनेता विक्की कौशलले इन्स्टाग्राममा पोस्ट गर्दै पहिलो सन्तान जन्मिएको जानकारी दिएका हुन्। 

विवाहको चार वर्षपछि कट्रिना र विक्की आमाबाबु बनेका हुन्। 

उनीहरूले इन्स्टाग्राममा लेखेका छन्, ‘हाम्रो खुसीको सानो गुच्छा आइपुगेको छ। अपार माया र कृतज्ञताका साथ हामी हाम्रा छोरालाई स्वागत गर्दछौँ। नोभेम्बर ७, २०२५ क्याट्रिना र विक्की।’

यसअघि गत सेप्टेम्बरमा कट्रिनाले आफ्नो र विक्की कौशलको बेबी बम्प समातेको तस्बिर पोस्ट गरेकी थिइन्।

कट्रिना र विक्कीको विवाह ९ डिसेम्बर २०२१ मा भएको थियो।