सेनाको कर्फ्यू आदेश पर्सि बिहानसम्म थप, के–के गर्न पाइँदैन ? (सूचनासहित)
नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको समय घटाएको छ।
जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै आज (बिहीबार) बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको छ।
‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको’ सेनाले भनेको छ।
सेनाले भदौ २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते विहान ५ बजेसम्म भने कर्फ्यु आदेश रहने जनाएको छ।

त्यसैगरि निषेधाज्ञा तथा कर्फ्युको समयमा पनि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी, औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न दिने सेनाले जनाएको छ।
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
दिल्लीको होटलमा आगलागी: बाथरुमभित्र अँगालो मारेको अवस्थामा मृत भेटिए एक जोडी
संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्याया…
एभरेस्ट कलरको आईपीओ खुल्यो
कालिका मन्दिर परिसरमा वृक्षरोपण
प्रतिक्रिया