एक हातले मोटरसाइकल चलाएर अर्को हातले भिडिओ खिच्दा लडेका थिए हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ स्वयंमले ‘म आफैँ लडेँ’ र पार्टीका रिष्ठ नेता सुदन किरातीले ‘दुर्घटनामा परेको’ भनेर शुक्रबार सामाजिक सञ्जालमा लेखे पनि वास्तवमा उनी कहाँ लडे, कस्तो दुर्घटनामा परे भन्ने कुरा खुलाएका छैनन्।
प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङ उदयपुरको कटारीबाट आफैँले मोटरसाइकल चलाएर बिहीबार बेलुका घर फर्किने क्रममा दुर्घटनामा परेको पत्ता लागेको छ। उनी सामान्य घाइते भएका छन्।
पार्टीका एक नेताका अनुसार, ‘साम्पाङले गुडिरहेको मोटरसाइकलमा एक हातले ह्यान्डल समातेर अर्को हातले भिडिओ खिचिरहेका थिए। सोही क्रममा सन्तुलन बिग्रँदा मोटरसाइकल दुर्घटना भएको हो।’
दुर्घटनालगत्तै पनि उनले भिडिओ खिचेर आफ्नो हातको चोट देखाएका थिए, जसमा उनको एउटा हातको छाला ताछिएको र सुरुवाल उध्रेको देखिन्छ।
उनले चतरास्थित काेसीकाे पुलमा पुगेर भिडिओ सार्वजनिक गरेकाे देखिन्छ। दुर्घटनापछि सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेपछि अध्यक्ष साम्पाङले आज (शुक्रबार) एउटा स्टाटस लेख्दै आलोचकहरूलाई जवाफ फर्काएका छन्।
उनले लेखेका छन्,‘म आफैँ लडेँ, चोट मलाई नै लाग्यो। अलिअलि चोट लाग्नु पनि पर्छ, तर देशलाई चोट दिएको छैन मैले। धेरै नकराउनू।’
श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पनि अध्यक्ष साम्पाङको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्।
नेता किरातीले फेसबुकमा लेखेका छन्, ‘हाम्रो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो। तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदाझैँ सक्रिय हुनुहुन्छ।’
साम्पाङ बिहीबार पार्टीले कटारीमा आयाेजना गरेकाे कार्यक्रममा सहभागी हुन गएका थिए।
जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाबारे आधिकारिक जानकारी नआएको जनाएको छ।
भिडिओ तथा सामाजिक सञ्जालमा देखिए पनि घटना कहाँ भएको हाे भनेर सम्बन्धित व्यक्तिले जानकारी नगराएकाे प्रहरीले जनाएको छ।
अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छ: कु…
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्रीको हातमा
सशस्त्रले नियन्त्रणमा लिएका ७७९ वटा गाडीबारे छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथिको छानबिन समितिले बुझायो प्रतिवेदन
वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
जुवाको खालबाट वडाध्यक्षसहित छ जना पक्राउ
प्रतिक्रिया