बालबालिकाको शारीरिक तथा मानसिक विकाससहित रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु
काठमाडौँ, ३ भदौ : सरकारले बालबालिकाको शारीरिक तथा मानसिक विकाससहित रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मतानुसार प्रचलनमा रहेको स्वर्ण प्राशन कार्यक्रमलाई थप व्यवस्थितरुपमा सञ्चालन गर्न बनेको निर्देशिका स्विकृत गरेको हो । उक्त निर्देशिकामा आयुर्वेद चिकित्सा विज्ञानको काश्यप संहिता मा उल्लेख भएअनुसार स्वर्ण भस्मलाई घ्यू र महमा मिसाएर थोपा अंशमा सेवन गराइने विधिलाई स्वर्णबिन्दु प्राशन भनिन्छ।
यो विधिले बालबालिकाको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने आयुर्वेद ग्रन्थहरूमा वर्णन गरिएको छ।
आयुर्वेद चिकित्सा विज्ञानको बालबालिकाको स्वास्थ्य संरक्षतण, प्रवर्द्बन उपचार पुनर्स्थापना सम्बन्धी ग्रन्थ कौमारभृत्यको मूल ग्रन्थ काश्यप संहितामा बालबालिकाको सर्वाङ्गिण विकासका लागि स्वर्ण बिन्दु प्राशनको वर्णन गरिएको छ।
प्रारम्भमा यो कार्यक्रम नेपालभरका २१ आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेदिक अस्पताल तथा आयुर्वेद शिक्षण अस्पतालमार्फत सञ्चालन हुनेछ।
स्वर्णबिन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दिइनेछ। यसबाट ६ महिना देखि ५ वर्षसम्मका बालबालिकाले लाभ पाउनेछन्। तर ज्वरो, अजीर्ण, झाडा–पखाला, रुघाखोकी जस्ता समस्या भएका बालबालिकालाई भने सहभागी गराइने छैन।
पहिलो चरणमा लागु हुने केन्द्रहरु
- प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङ
- त्रि वि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर
- आयुर्वेद चिकित्सालय नरदेवी
- राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ
- प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, सुदुरपश्चिम प्रदेश
- प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा, कोशी प्रदेश
- प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,पर्सा, मधेश प्रदेश
- प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,धनुषा, मधेश प्रदेश
- प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,सर्लाही, मधेश प्रदेश
- आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं, वागमति प्रदेश
- आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर, वागमति प्रदेश
- आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर, वागमति प्रदेश
- आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन वागमति प्रदेश
- आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, वागमति प्रदेश
- आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर, वागमति प्रदेश
- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरंग, कोशी प्रदेश
- गण्डकी आयुर्वेद अस्पताल, पोखरा, गण्डकी प्रदेश
- धौलागिरि आयुर्वेद अस्पताल, बागलुंग, गण्डकी प्रदेश
- प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ, गण्डकी प्रदेश
- लुम्बिनि आयुर्वेद चिकित्सालय, बुटवल, लुम्बिनी प्रदेश
- राप्ती आयुर्वेद चिकित्सालय, दांग, लुम्बिनी प्रदेश
- बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्, गुलरिया, लुम्बिनी प्रदेश
- प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत , कर्णाली प्रदेश
- आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख, कर्णाली प्रदेश
- आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्ला, कर्णाली प्रदेश
बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु
रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दु…
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
प्रतिक्रिया