गर्मीमा स्वस्थ रहन खानुहोस् यी फलफूलहरू

काठमाडौं, १५, साउन :  गर्मीमा शरीरलाई चिसो र हाइड्रेटेड राख्नका लागि पानीको मात्रा बढी भएका फलफूलहरू खानु एकदमै फाइदाजनक हुन्छ। रसिलो, गुलियो, स्फूर्तिदायी र कहिलेकाहीँ केही अव्यवस्थित लाग्ने गर्मीका फलहरू स्वादमा मात्र होइन, गर्मीको सामना गर्न र शरीरलाई स्वस्थ राख्न पनि महत्त्वपूर्ण भूमिका खेल्छन्।

खरबुजा

खरबुजामा करिब ९२ प्रतिशत पानी हुन्छ, जसले गर्मीमा शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ। यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै पेटसम्बन्धी समस्या (जस्तै: ग्यास्ट्राइटिस, कब्जियत) बाट पनि राहत दिन्छ। पानी र इलेक्ट्रोलाइट्सले भरिपूर्ण खरबुजाले शरीरलाई चिसो र स्फूर्ति प्रदान गर्छ। यसमा क्यालोरी कम हुन्छ र छालाको लागि पनि राम्रो मानिन्छ।


आँप

आँपमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जुन आँखा र छालाको लागि अति उपयोगी छ। आँपले शरीरमा शक्ति प्रदान गर्छ र यसलाई २-३ घण्टा पानीमा डुबाएर खाँदा शरीरमा शीतलता प्रदान गर्छ। तर, आँपमा क्यालोरी बढी हुने भएकाले धेरै खानु हुँदैन।

नरिवलको पानी

नरिवलको पानी कुनै पनि मौसममा फाइदाजनक हुन्छ, तर गर्मीमा यसले अझ बढी लाभ दिन्छ। यसमा इलेक्ट्रोलाइट्स हुने भएकाले शरीरमा पानीको कमी पूरा गर्छ र डिहाइड्रेसनबाट बचाउँछ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ।

लिची

सानो, गुलियो र रसिलो लिची भिटामिन सी र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ। यसले पाचन क्रियालाई सहयोग गर्छ र शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ। यो धेरै खान मन लागे पनि यसलाई सीमित मात्रामा सेवन गर्नु राम्रो हुन्छ।

मेवा

मेवा एक बहुउपयोगी फल हो। यसले पाचनमा सहयोग गर्छ, रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ र छालालाई ताजा राख्छ। बिहानको नास्ताका लागि वा खानापछि मुख सफा गर्नका लागि यो उत्तम हुन्छ।

भुइँकटहर

उष्णकटिबन्धीय र अमिलो स्वादको भुइँकटहर एक प्रभावकारी एन्टि-इन्फ्लेमेटरी फल हो। यसमा पाचनमा सहयोग गर्ने इन्जाइमहरू हुन्छन् र पेट फुल्ने समस्या कम गर्न मद्दत गर्छ। यसलाई सादा खान वा सलादमा मिसाएर पनि आनन्द लिन सकिन्छ।

जामुन

गाढा बैजनी रंगको यो फल रसिलो हुनुका साथै रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र पेटको स्वास्थ्य सुधार गर्न उत्कृष्ट हुन्छ। यसले अमिलो र मीठो दुवै स्वाद दिन्छ र गर्मी बिदाका पुरानो यादहरू ताजा गर्छ।

चेरी

काँक्रोमा करिब ९६ प्रतिशत पानीको मात्रा हुन्छ, जसले गर्मीमा यसको सेवनलाई उपयुक्त बनाउँछ। यसलाई सलादको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

केरा

केरामा पोटासियम र आइरन पाइन्छ, जसले गर्मीमा दिनभर फुर्तिलो रहन मद्दत गर्छ। युरिक एसिडको समस्या भएका व्यक्तिहरूका लागि पनि केरा लाभदायक हुन्छ, किनभने यसमा प्यूरिन कम हुन्छ।

स्याउ

स्याउ फाइबरयुक्त फल हो जसले पाचन प्रक्रियामा सुधार गर्छ। यसले युरिक एसिडलाई रगतमा जम्मा हुनबाट रोक्छ। स्याउ खाँदा शरीरलाई ऊर्जा पनि मिल्छ।

बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु

बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु

रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’ : नीलाम्बर आचार्य

रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दु…

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले

मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले

प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थगित

तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…

प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास

प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास