गर्मीयाममा जुत्ता खोल्दा खुट्टा गन्हाउँछन् ? यसो गर्नूस् !
खासगरी गर्मीयाममा जुत्ता खोल्दा खुट्टा गन्हाउँछन् ? त्यो गन्धले पूरै कोठामा दुर्गन्ध फैलिन्छ ? त्यसबाट तपाईंलाई आसपासमा बसेका मानिसमाझ लज्जाबोध हुन सक्छ।
यो समस्या ती व्यक्तिलाई बढी हुन्छ, जो दिनभर जुत्ता लगाएर काममा जुट्छन्। किनकि, दिनभर जुत्ता लगाउँदा खुट्टामा पसिना आउँछ। र, जुत्तामा पसिनाको गन्ध ब्याक्टेरियाले दुर्गन्ध उत्पन्‍न गर्छन्। अनि मानिसको सामाजिक जीवन नै प्रभावित तुल्याउँछन्।
खुट्टा गन्हाउने ६ कारण
– खुट्टाबाट पसिना आउनाले
– जुत्ताभित्र ब्याक्टेरिया बढ्नाले
– जुत्तामा ब्याक्टेरियाले विकार उत्पन्‍न गराउनाले
– जुत्ता टाइट हुनु र भेन्टिलेसनको कमीले
– सिन्थेटिक म्याटेरियलमा लगातार पसिना लाग्‍नाले
– जुत्ता लगातार प्रयोग गर्नाले र भित्री पाटोमा सफाइ नगर्नाले
जुत्तालाई दुर्गन्धित हुनबाट बचाउने ११ उपाय
– खुट्टा राम्रोसँग धोएर मात्र जुत्ता लगाऊँ
– जुत्ता लगाउनुअघि अनिवार्य मोजा लगाऊँ
– मोजा नियमित धोऊँ र एक दिनभन्दा बढी नलगाऊँ
– समय-समयमा जुत्ताभित्रका सोल परिवर्तन गरौं
– शारीरिक व्यायामपछि जुत्तालाई केहीबेर घाममा सुकाऊँ
– बाहिरबाट आएपछि जुत्तालाई बन्द ठाउँमा नराखौं, हावा लाग्‍ने ठाउँमा राखौं
– खुट्टाको सफाइमा ध्यान दिऊँ, घोटेर धुने बानी बसालौं
– एकदमै टाइट जुत्ता नलगाऊँ, भेन्टिलेसन हुन सक्ने जुत्ता मात्र लगाऊँ
– दैनिक एउटै जोडी जुत्ता मात्र नलगाऊँ, परिवर्तन गरेर लगाऊँ
– महिनामा एकपटक जुत्तालाई राम्रोसँग सफा गरौं
– खासगरी, स्पोर्ट्स सुजलाई धोएपछि पारिलो घाममा राम्रोसँग सुक्न दिऊँ
जुत्ताको दुर्गन्ध हटाउने ६ तरिका
– भिनेगरको प्रयोग गरौं
– बेकिङ सोडाबाट स्प्रे गरौं
– एसेन्सियल आयलको प्रयोग गरौं
– जुत्तामा साबुनको टुक्रा राखौं
– टी ब्यागको प्रयोग गरौं
– डेन्चर ट्याब्लेट र पानीको घोलमा डुबाएर धोऊँ
जुत्ता सफा गर्दा नगरौं यी ४ गल्ती
– हार्स केमिकलको प्रयोग नगरौं
– जुत्तालाई लामो समय पानीमा भिजाएर नराखौं
– धुँदा रगड्ने सही ब्रस छनोट गरौं
– जुत्तालाई कहिल्यै वासिङ मेसिनमा नधोऊँ
बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु
रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दु…
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
प्रतिक्रिया