प्रेस काउन्सिलमा कडाई, आचारसंहिता ८ मातृभाषामा, हरेक दिन अनुगमन हुन्छ: अध्यक्ष बस्नेत

 पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउन प्रेस काउन्सिल नेपालले नेपालले विभिन्न ८ भाषामा जारी गरी लागु गरेको छ । 

शुक्रवार विभिन्न ५ मातृभाषामा अनुवाद गरी सार्वजनिक गरेको छ । भने अन्य ३ मातृभाषाका आचारसंहिता कार्यान्वयनमा आइसकेका छन् । 

नेपाली र अंग्रेजी बाहेक विभिन्न भाषाभाषीबाट आचारसंहितालाई बृहद् बनाई देशभर लागू गर्ने र अहिलेको सामाजिक सञ्जाल समेतलाई आकर्षित हुने गरी यो अभियान चालिएको काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । 

सुरुमा मैथिली, थारु र नेपाल भाषामा पत्रकार आचारसंहिता लागू गरिएको थियो । अहिले भोजपुरी, राई वान्तावा, तामाङ, डोट्याली, लिम्बु भाषा गरी ५ भाषा थपिएको हो । अध्यक्ष बस्नेतले यी आचारसंहिताको सम्बन्धित समुदायमा पुगेर कार्यान्वयन गराउने दृढता समेत राख्नुभयो । 

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, भाषा आयोगका अध्यक्ष डा। गोपाल ठाकुर र राष्ट्रिय समाचार समातिका अध्यक्ष धर्मेन्द्र झाले संयुक्त रुपमा नयाँ मातृभाषाका अनुवाद प्रति सार्वजनिक गरेका हुन् । 

भाषा आयोगका अध्यक्ष डा। गोपाल ठाकुरले पत्रकारिताको माध्यमबाट मातृभाषाको संरक्षण गर्न जरुरी भएको उल्लेख गर्नुभयो । डा। ठाकुरले लेख्यरुप नभएका भाषाको प्रवद्र्धनका लागि प्रेस काउन्सिल नेपाल र भाषा आयोगबिच सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

काउन्सिलले मातृभाषामा पत्रकार आचारसंहितालाई अनुवाद गर्ने कार्य साहसिक कार्य भएको बताउनुभयो, ुभाषा एकबाट अर्कोमा अनुवाद गर्नु आफैँमा नयाँ सिर्जना हो यो एक एड्भेन्चर होु उहाँले भन्नुभयो । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले देशका विभिन्न भूभागमा बोलिने मातृभाषाको प्रबद्र्धनमा पत्रकारिताको महत्वपूर्ण योगदान रहने बताउनुभयो ।उहाँले सञ्चारको सबैभन्दा नजिकको र बुझिने भाषा नै मातृभाषा भएकाले यसको प्रबद्र्धनका निम्ति काउन्सिलले काम गरेको उल्लेख गर्नुभयो । ुमातृभाषाका सञ्चार माध्यम नेपाली पत्रकारिताका सुन्दरता र राज्यको वैभव हुन् । त्यसैले यसलाई प्रबद्र्धन गर्न काउन्सिलले विभिन्न रचनात्मक काम गर्दै आएको छ, अध्यक्ष बस्नेतले भन्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले देशका धेरै भुभागमा अझै पनि नेपाली भाषा बुझ्ने समुदाय नभएकाले मातृभाषामा पत्रकारिता गर्नु जरुरी भएको उल्लेख गर्नुभयो ।आम जनता सुसूचित गर्न मातृभाषा पत्रकारिताको अर्को विकल्प नभएको भन्दै उहाँले मातृभाषा र स्थानीयपनलाई वेवास्ता गरिए देशको लोकतन्त्र नै नबाँच्ने बताउनुभयो ।

कार्यक्रममा लेखक एवं पत्रकार डा। कृष्णराज सर्वहारी, नृपेन्द्रलाल श्रेष्ठ, पुष्कर माथेमा, पदम राई, अमर तुम्वाहाङ, विष्णुमाया सिङगक, गणेश राई, अर्जुन तामाङ, बुनु थारु, मनोज वर्मा, वीणा सिन्हा, धनबहादुर मगर लगायतले भाषागत पत्रकारिताको अवस्था र अनुभव सुनाउनुभएको थियो ।
 

बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु

बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु

रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’ : नीलाम्बर आचार्य

रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दु…

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले

मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले

प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थगित

तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…

प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास

प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास