गाउँपालिकाको अनियमितताबारे पत्रकार महासंघले प्रसारित भिडियो खिचेकोमा क्यामेरपर्सनलाई धम्की
नेपाल पत्रकार महासंघले प्रसारित भिडियो सामग्रीलाई लिएर बाराको विश्रामपुरमा क्यामेरा पर्सन राजु बैठालाई स्थानीय टइट यादवसहितको समूहले गालीगलौज गरी धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
वीरगञ्ज सिटी डटकममा बाराको ‘विश्रामपुर गाउँपालिकामा मिलोमतोमा अनियमितता, एकातर्फ तटबन्धन निर्माण अर्कोतर्फ ५/५ फिट माटो खनेर विक्री’ सम्बन्धी सामग्री प्रसारण भएकोप्रति उक्त समूहले धम्की दिएको महासंघ पर्सा शाखाले जनाएको छ।
‘यसप्रति गुनासो भए कानुनी उपचारमा जाने या प्रचलित विधि–प्रक्रिया अपनाउन छाडेर त्यसविपरीत भएको यो कर्म निन्दनीय र प्रेसविरोधी छ’ महासंघले मंगलबार विज्ञप्ति निकालेर भनेको छ, ‘महासंघ घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायसँग माग गर्दछ।’
बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु
रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दु…
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
प्रतिक्रिया