सम्पर्कविहीन ३० जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका ३० जना प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।
असोज महिनादेखि आफूखुसी गैरहाजिर रहेका र हेडक्वार्टरको सम्पर्कमा नरहेका प्रहरी कर्मचारीहरूको सूची बिहीबार सार्वजनिक गर्दै ७ दिनभित्र हाजिर हुन आउन प्रधान कार्यालयले निर्देशन दिएको हो।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने कार्यालयले जनाएको छ।
नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन छन्।

किन बन्द भयाे नेपालमा टेलिग्राम एप ?
कार्की र बस्नेत एसपीमा बढुवा
आईजी सापहरूका स्वार्थका कारण प्रहरीमा कमान्डको व्यर्थ विवाद
नेपाल प्रहरीका ३७ जना एसपीको पदस्थापन (सूची)
एसपीबाट एसएसपीमा बढुवा भएका २५ जनाको पदस्थापन (को कहाँ पुगे?)
हजारभन्दा बढी भीआईपीको सुरक्षामा खटिन्छन् ,अत्यावश्यक स्थानमा छैनन् पर्याप्त प्रहरी
भैँसीपाटी हनी ट्रयाप प्रकरण : धरौटी तिरेर हिरासतमुक्त भएकी निलम्बित इन्स्पेक्ट…
प्रतिक्रिया