पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी

नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ ।

शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाउने भएको हो । उनले निकटम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै महासंघको नेतृत्व गर्ने निश्चित भएको हो ।  केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचनको मतपरिणामको अन्तिम नतिजा भने आइतबारमात्रै सार्वजनिक गरिनेछ । समितिका अनुसार केही स्थानमा अझै केही मत गन्न बाँकी भएपनि निर्मलाको गन्न बाँकी भन्दा बढी मतान्तर भइसकेको छ । सबै मत गणना शनिबार रातिसम्म सकिने र प्रक्रिया पूरा गरेर निर्वाचित भएको घोषणा गरिने समितिका एक सदस्यले बताए । 

उनका अनुसार पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा नितु पण्डित, महासचिवमा रामप्रसाद दाहाल लगायत निर्वाचित हुने निश्चित भइससकेको छ । यस्तै अधिकांश केन्द्रीय सदस्य पदमा सत्ता गठबन्धन निकटका उम्मेदवार विजयी हुने निश्चित भएपनि केही पदमा भने प्रेस सेन्टर निकटका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचनमा कांग्रेस एमाले निकट क्रमशः प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन थियो भने प्रेस सेन्टरसहितका केही पत्रकार संगठनले पनि तालमेल बनाएर निर्वाचनमा भाग लिएका थिए ।

यसरी तालमेल हुँदा प्रेस युनियनबाट अध्यक्षमा बागी उम्मेदवारी दिएका विष्टलाई प्रेस सेन्टर नेतृत्वलगायतले साथ दिएका थिए ।

बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु

बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु

रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’ : नीलाम्बर आचार्य

रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दु…

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले

मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले

प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थगित

तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…

प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास

प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास