ओलीसँग कुनै सहमति भएको छैन : प्रचण्ड
काठमाडौं-पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बसेको सचिवालय बैठकमा मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । प्रचण्ड त्यसमा सकारात्मक थिए ।
प्रचण्डले ओलीसँग कुनै सहमति नगरेको आइतबार सचिवालय र स्थायी कमिटीका केही सदस्यहरुसँग भएको भेटमाबताएका छन् ।
‘हाम्रो कुनै सहमति भएको छैन, छलफल गरौंसम्म भनेको हुँ’ उनले भनेका छन् ।
प्रतिक्रिया