कर्णाली प्रदेशको बजेटमा भौतिक तथा सहरी विकासलाई प्राथमिकता
काठमाडौँ, १ असार : कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका लागि भौतिक तथा सहरी विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आज प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आगामी आवका लागि रु १० अर्ब ४६ करोड विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालयका लागि रु पाँच अर्ब ७२ करोड र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि रु दुई अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ ।
यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई रु २९ करोड ६४ लाख, भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि रु एक अर्ब ८६ करोड र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि रु एक अर्ब ९४ करोड विनियोजन गरिएको छ ।
इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा
बजेटमा एआईलाई प्राथमिकता सकारात्मक, तर कार्यान्वयनमा निजी क्षेत्रसँग स्पष्ट साझे…
प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी
भारतले रविलाई प्रधानमन्त्रीकै स्तरमा दियो सम्मान
लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी
प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास
बाजुरामा एक युवकको हत्या
प्रतिक्रिया