स्वास्थ्य चौकीकाे फ्रिजमा भित्र बियरको बोतल

अछामकाे एक स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएको छ ।

जिल्लाको कमलबजार नगरपालिकाकाे एक स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएको हो । उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल नै बनेको छ । कमलबजार नगरपालिका वडा नम्बर -९ मस्टाबण्डाली मा रहेको स्वास्थ्य चौकीमा औषधी राख्ने फ्रिज भित्र ३ वटा बियरका बोतल राखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । 

स्वास्थ्यचाैकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको थाहा पाएपछि स्थानीयहरूले स्वास्थ्य चौकीमै छड्के अनुगमन गरेका हुन् । अनुगमनका क्रममा फ्रिज भित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका हुन । 

बिरामीका लागि औषधी राख्न प्रयोग गरिने फ्रिज भित्र मदिराका बोतल भेटिएपछि स्वास्थ्यकर्मीको लज्जास्पद हर्कत प्रस्तुत भएको छ । बिरामीको उपचार हुने स्वास्थ्य चौकीको आफ्नै फ्रिजमा बियरका बोतल भेटिनुले स्वास्थ्यकर्मीको गैर जिम्मेवारीपन भएको सरोकारवाला बताएका छन । यस घटनामा जोडिएकाहरूलाई कारबाही हुनुपर्ने स्थानियले माग गरेका छ्न ।

वडा नं. ९ का वडाध्यक्ष कमल भण्डारीले स्वास्थ्य चौकीको फ्रिजमा बियर राखेको पाइएको स्वीकार गरेका छन् ।

स्वास्थ्यकर्मी आफै संवेदनशील हुनुपर्ने ठाउँमा उल्टै लापरबाही गरेको भन्दै अध्यक्ष भण्डारीले भोली नै स्वास्थ्य व्यवस्थापन समितिको बैठक गरेर थप निर्णय लिने बताए ।