मधेस प्रदेशको मुख्यन्यायाधिवक्तामा महतो नियुक्त
काठमाडौँ, ३१ जेठ : मधेस प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा अधिवक्ता सुरेन्द्रकुमार महतो नियुक्त हुनुभएको छ । उक्त पदबाट वीरेन्द्रकुमार ठाकुरले दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महतोलाई बुधबार मुख्यन्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।
मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मुख्यन्यायधिवक्तामा महतोलाई नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सबैला नगरपालिका-६ स्थायी ठेगाना भएका महतोलाई जेठ ३० गते मधेस प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको जानकारी प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि मुख्यन्यायाधिवक्ताको जिम्मेवारीमा रहनुभएको वीरेन्द्रकुमार ठाकुरले राजीनामा दिनुभएको थियो । सरकार फेरिएपछि ठाकुरले पदबाट राजीनामा दिनुभएको हो ।
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
परराष्ट्रमन्त्री शुक्रबार भारत जाँदै
विज्ञको सुझाव लिएर मात्रै विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउनुपर्छ:…
हुरीले झापामा २ करोडभन्दा बढीको केराखेती नष्ट, बीमा नगर्दा किसान मर्कामा
टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीको मृत्यु
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
प्रतिक्रिया