गायिका ज्योति मगरले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा हानिन् अर्को झटारो
काठमाडौँ, ३१ जेठ :गायिका ज्योति मगरले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालमाथि एकपछि अर्को कडा टिप्पणी गरेकी छन् । लोकदोहोरी गीतमा विकृति तथा विसंगति देखिएको भन्दै नयाँ पुस्तालाई स्पष्टीकरण सोध्ने, कारबाही गर्ने भन्दै दिएको धम्कीले केही नहुने उनकाे भनाई छ ।
‘विकृति न्युनीकरणको नाममा स्पष्टीकरण माग्छौ, कार्बाही गर्छौ, प्रशासनसम्म पुग्छौ, कानूनी कार्बाहीको माग गर्छौ भन्दै नयाँ जेनेरेसनलाई दिएको इन्डिरेक्ट धम्की र तिमीले गरेको यो लफडा आफूलाई चर्चामा ल्याउने र न्युजमा रहिरहने फण्डा बाहेक केही होइन। केही लछारपाटो लाग्दैन ।’ उनले भनेकी छन् ।
केही नयाँ तरिका अपनाएर मनोरन्जनात्मक कुराहरु तयार पारेर घर खर्च चलाएका र पेट पालेका कलाकारको आम्दानी बन्द गराएर उनीहरुको पेटमा लात हान्न नहुने पनि उनको भनाई छ । ‘न लोकगीत तिम्रो बिर्ता हो, न युट्युब तिम्रो बिर्ता हो । स्वतन्त्र देशको स्वतन्त्र नागरिकले आफ्नो मनखुसी केही काम गरेर पेट पाल्दा भत्किहाल्ने तिम्रो अनुसासन अनि परम्परा । त्यो परम्परा जोगाउने ठेकेदार तिमी ? अरे वाह !! ’
नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा
जनभावना समेटिने गरी विधेयक बनाउन कानुनमन्त्री गौतमको आग्रह
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
अमेरिका पुग्यो इरानी फुटबल टिम
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
इजरायली मन्त्री भन्छन्- ट्रम्पको सम्झौता मान्न बाध्य छैनौं
नेपाल डेभलपमेन्ट वाचले भन्यो : नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौती…
प्रतिक्रिया