धनुषाधाम नगरपालिकामा वडा अध्यक्षको निधन
काठमाडाै, ३१ जेठ : मधेश प्रदेशको राजधानी जनकपुरधामसँगै जोडिएको धनुषाधाम नगरपालिकामा एक जना वडा अध्यक्षको निधन भएको छ।
धनुषाधाम नगरपालिका-१ का वडाध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडाध्यक्ष यादवको बिहीबार आज बिहान ६ बजेर १० मिनेटमा आफ्नो घरमै मृत्यु भएको पीडित परिवारले जनाएको छ ।
पेटको आन्द्रामा क्यान्सर रोगबाट ग्रस्त यादवको उपचार चलिरहेको थियो । नियमित औषधि सेवन गर्दै वडाको दैनिक कामकाज गर्दैआएका उनको अचानक मृत्यु भएको छ । मृतक यादवको श्रीमती, एक छोरा र दुई छोरी छन् ।
धनुषाधाम नगरपालिका–१, काशीपुर घर भएका यादवको धनुषाधाम वन क्षेत्रमा आज दिउँसो अन्त्येष्टि गर्ने तयारी भइरहेको उनको परिवारजनले जनाएको छ ।
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
प्रतिक्रिया