तुलसीपुरमा २४ वर्षीय गोरखलाल खड्कामाथि धारिलो चक्कु प्रहार , गम्भिर घाइते
ङको तुलसीपुरमा परस्पर बिरोधी युवा समूहबीच हिंसाका घटनाहरु भैरहेका छन् । केही दिन पहिले स्याने भनिने युवकमाथि खुकुरी प्रहार भएको थियो । अहिले फेरी तुलसीपुर–४ मजवा ठुलाखालीका २४ वर्षीय गोरखलाल खड्कामाथि धारिलो हतियार चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट खड्का गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुुसार गयराती साढे १२ बजेको समयमा घर नजिकको चोकमा बसिरहेको अवस्थामा सामान्य बिबादका कारण खड्कामाथी चक्कु प्रहार भएको हो ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी घाइेते खड्कालाई नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । चक्कु प्रहार घटनामा संलग्न सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वषीृय झक्कु वली र अन्दाजी २०÷२२ बर्षका विकाश पुनसहित घटनास्थलमा रहेका ३ वटा मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया