जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।
जनकपुरधाममा जारी जसपा नेपालको महाधिवेशनबाट यादव अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए।
उनका अनुसार, महाधिवेशनको दोस्रो दिन बुधबार बिहानदेखि उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयमा अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको सुमनले जानकारी दिए।
त्यस्तै, सहअध्यक्षमा भने तीन जनाको उम्मेदवारी परेको छ। रकम चेम्जोङ, लालबाबु राउत र राजकिशोर यादवले सहअध्यक्षमा उम्मेदवारी दिएका छन्।
जसपाका नेपालको महाधिवेशन जेठ २८ गते शुरू भएको थियो। आज नेतृत्व चयनका लागि निर्वाचनको कार्यक्रम तय गरिएको छ। अन्य पदमा भने निर्वाचन हुन सक्ने उनले बताए।
https://www.himalkhabar.com/news/141932?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया