जसपा नेपालको एकता अधिवेशन : आज उम्मेदवारी दर्ता
जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको छ ।
महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछ । जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चयन गर्न नेताहरू कसरत थालेका छन् ।
नेतृत्व चयनका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने महाधिवेशन प्रतिनिधि तथा मधेशका सांसद राजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार उम्मेदवारी परेपछि सहमतिको प्रयास गरिने नभए निर्वाचन गराउने तयारी छ ।
महासचिवमा उम्मेदवारी दिने शर्माको घोषणा
केहि दिनअगाडी मात्रै नेकपा माओवादी केन्द्र छाडेर जसपा नेपालमा प्रवेश गरेका संविधानसभा सदस्य रामकुमार शर्मा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवले पनि उनलाई महासचिव बनाउने आश्वासन दिएर पार्टीमा भित्र्याएका थिए ।
महाधिवेशनबाट अध्यक्षमा पुनः दोहोरिने लगभग निश्चित छ । अशोक राईसहितका नेताहरू पार्टी विभाजन गरेर गएपछि चुनौतीविना यादव अध्यक्षमा दोहोरिनेछन् ।
सह-अध्यक्षको दाबेदार राजकिशोर यादव र लालबाबु राउत रहेको बुझिएको छ । ५ जना उपाध्यक्षमा पनि कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुई महासचिवमा शर्मा र मनिष सुमनलाई समेट्ने प्रयास भइरहेको एक नेताले सुनाए ।
उपमहासचिव, सचिव र कोषाध्यक्षका पनि धेरै नेताले लबिङ गरिरहेका छन् । ‘सबै पदाधिकारीमा प्रतिस्पर्धा हुने सम्भावना छु, एक नेताले भने, ‘म त चुनाव गराउनुपर्ने अवस्था देख्छु । हेरौँ के हुन्छ ।’
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया