नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको आरोपमा नगर प्रमुख भरतसहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
जिल्ला सर्लाही, बागमती नगरपालिका वडा नं. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरतताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको पाइएकाे छ।
उक्त उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आपसी मिलेमतोमा बदनियत राखी संघीय सरकार अन्तर्गतकोसागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारकोस्वीकृत विना अनाधिकृत रुपमा माछा पोखरी निर्माणको लागि भनी ढुङ्गा गिट्टी बालुवा (वन पैदावार) उत्खनन् गर्नको लागि प्रारम्भिक परीक्षण प्रतिवेदन (IEE) स्वीकृत भएको भन्ने गलत लिखत तयार गरीएकाे छ।
सोपश्चात बागमतीनगरकार्यपालिकाबाट उक्त माछा पोखरीको Detailed Project Report (DPR) तयार गरेको देखाई बहुउद्देशीयमाछा पोखरी निर्माण गर्ने कार्यको गुरु योजना स्वीकृतसमेत नगरी/नगराई, बागमती नदीको वहाव प्रयोग गर्न स्वीकृतिनलिई माछा पोखरी (हाल ताल) निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमाउक्त परियोजना/नेपाल सरकारको स्वीकृत विना बागमती नगरपालिकाले बागमती माछा पोखरी-१ बाट१७,८८,२६४.18 घनमिटर र बागमती माछा पोखरी-२ बाट 21,84,927 घनमिटर वन पैदावार (नदीजन्य पदार्थ)गरी जम्मा ३९,७३,१९१.१८ (उनन्चालीस लाख त्रिहत्तर हजार एक सय एकानव्वे दशमलव अठार) घनमिटर(Bulking बाहेक) उत्खन्न गरेको र Bulking सहित गणना गर्दा हुने जम्मा उत्खनन् परिमाण ४७,00,28५.16घनमिटर नदीजन्य पदार्थमध्ये बागमती नगरपालिकाबाट बिक्री भएको परिमाण 7,52,009.29 घनमिटर,आयोजनामा प्रयोग भएको परिमाण 7,50,143.197 घनमिटर र भण्डारणमा रहेको परिमाण 18,57,712.27घनमिटर सहित जम्मा परिमाण 33,59,865.27 (Bulking सहित) घनमिटर मात्र खर्च तथा मौज्दात रहेको देखिईनपुग हुने वन पैदावार (नदीजन्य पदार्थ) जम्मा 13,४0,४१९.८९ (Bulking सहित) घनमिटर परिमाणहानिनोक्सानी, दुरुपयोग गरे/गराएको पुष्टि भएको देखिएको हुँदा सागरनाथ वन विकास परियोजना अन्तर्गतकोवन क्षेत्रमा रहेको वन पैदावार (नदीजन्य पदार्थ) उक्त परियोजना/नेपाल सरकारको स्वीकृत विनाबागमती नगरपालिकाले बागमती माछा पोखरीबाट उत्खनन् गरेको उल्लेखित नपुग परिमाणको हुनआउने रु.26,80,83,980।–(छब्बीस करोड असी लाख त्रियासी हजार नौ सय असी रुपैयाँ) रकम हानिनोक्सानीगरे/गराएको पुष्टि भएको र उक्त हानिनोक्सानी गरेको रकममा मूल्य अभिवृद्धि कर (VAT) 13 प्रतिशतले हुन आउनेरु.3,48,50,917।40 (तीन करोड अठ्चालीस लाख पचास हजार नौ सय सत्र रुपैया चालीस पैसा) समेत गरी जम्मा रु.30,29,34,897।40 (तीस करोड उनान्तीस लाख चौतीस हजार आठ सय सन्तानब्बे रुपैया चालीस पैसा) रकमनेपाल सरकार/प्रदेश सरकार/स्थानीय तह/सार्वजनिक संस्थाको सम्पत्तिको हिनामिना, दुरुपयोग गरी/गराई भ्रष्टाचारनिवारण ऐन, 2059 अन्तर्गतको कसुर गरेको पुष्टि भएको हुँदा देहायका प्रतिवादीहरु उपर देहायबमोजिमको सजायहुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
४५ वर्षीय बुवा सानु नेपाली र उनकी १८ वर्षीया छोरी विवादले निम्त्याएको दु:खद्…
धरानमा युवकको हत्या गरी फरार आरोपित मोरङमा समातिए
पाल्पामा २५ वर्षीया युवतीमाथि जबरजस्ती करणी
वनको दाउरा कसले लिने भन्ने विषयमा विवाद हुँदा एक जनाको ज्यान गयो
दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या
श्रीमती महिनावारी हुँदा छोरीमाथि बलात्कार
प्रतिक्रिया