ट्राफिक नियम पालना गर्दा सवारी दुर्घटनाबाट जीवन सुरक्षित हन्छ: मुख्यमन्त्री अधिकारी

 गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा सवारी दुर्घटनाबाट जीवन सुरक्षित हुने बताउनुभएको छ । 

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीद्वारा आयोजित ट्राफिक सप्ताह २०८१ को आज मुख्यमन्त्री अधिकारीले उद्घाटन गर्नुभयो । 

    “सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ”, उद्घाटन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “शरीरमा रोग लाग्न नदिन आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गर्न झन्झट नमानी सरल रुपमा लिनुपर्छ ।”

    अघिल्लो कार्यकालमा विपद्, ट्राफिक नियम उल्लङ्घन र किशोरीको आत्मरक्षाका विषय कक्षा ८ र ९ का विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्यक्रम बनाउन सुरु गरेको र त्यसलाई पूर्णता दिएर कार्यान्वयनमा ल्याउने मुख्यमन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरीले मात्र ट्राफिक नियम लागू गर्न नसक्ने बताउनुहुँदै नागरिक समाज ट्राफिक नियमप्रति जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।

    आज गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ७७ प्रतिशत सवारी दुर्घटना चालकै लापरबाहीका कारण हुने भएकाले चालक जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रममा ७७ दशमलव २७ प्रतिशत दुर्घटना सवारी चालकको लापरबाहीका कारण हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । यात्रुका कारण आठ दशमलव ८२ प्रतिशत, यात्रीका कारण छ दशमलव ६८ प्रतिशत र सडकका कारण छ दशमलव ९५ प्रतिशत दुर्घटना हुने गरेको तथ्याङ्कमा उल्लेख छ । 

    गण्डकी प्रदेशमा चालु आर्थिक वर्षमा तीन सय २२ वटा सवारी दुर्घटना हुँदा एक सय ५५ जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी०  दुर्गा सिंहले दिनहुँ सडक दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या बढेकाले त्यस्ता घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

गृहमन्त्री लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न

गृहमन्त्री लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस …

गृहमन्त्री रवि लामिछानेको गगनप्रति आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं

गृहमन्त्री रवि लामिछानेको गगनप्रति आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेला…

संसद्मा सम्बोधन अब पुराना नेताहरुको गनगनले मात्रै देश चन्दैन : गृहमन्त्री लामिछाने

संसद्मा सम्बोधन अब पुराना नेताहरुको गनगनले मात्रै देश चन्दैन : गृहमन्त्री लामि…

संसद्‍मा रविले भने : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’

संसद्‍मा रविले भने : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’

प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न सर्वोच्च पुगे उपेन्द्र

प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न सर्वोच्च पुगे उपेन्द्र

सहकारी ठगीमा मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन छानबिन गरौँ : गृहमन्त्री रवि

सहकारी ठगीमा मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन…

धान रोपाइँका समयमा रासायनिक मलको अभाव हुँदैन :  कृषि मन्त्रालय

धान रोपाइँका समयमा रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छः प्रमुख कोइराला

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छः प्रमुख कोइराला