गोरखामा रोट महोत्सव हुने

 कामठाडौँ, २५ वैशाख : गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ । जिल्लामा धार्मिक पर्यटक भित्र्याउन प्रसिद्ध धार्मिकस्थल गुरु गोरखनाथको मन्दिरमा आगामी जेठ १० गतेदेखि २१औँ सवा लाख रोट महोत्सवको आयोजना गरिएको छ । 

आयोजक सिद्धाश्रम शक्तिकेन्द्र्र गोरखाका संयोजक किशोरकुमार अकेलाले महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने र रोट महोत्सवमा धार्मिक प्रवचनसहित भजनकीर्तन कार्यक्रमसमेत सञ्चालन हुने बताउनुभयो । चालमको पिठो, नरिवल, ल्वाङ, अलैँची, चिनीलगायतका विभिन्न प्रकारका मसला मिसाएर रोट पकाइन्छ । यहाँ भुङ्गे र तावाँ रोट पकाइन्छ । 

गोरखनाथको मन्दिरमा गोरखनाथलाई दिनहुँ रोट चढाउने चलन छ । विश्वशान्तिको कामनासहित धार्मिक पर्यटन प्रवद्र्धनका लागि सवा लाख रोट महोत्सव गरिँदै आएको संयोजक अकेलाले बताउनुभयो । वैशाख पूर्णिमाको दिन दिव्य तथा ऐतिहासिक गोरख गुफाबाट प्रकट हुनुभएको दिनलाई गोरक्ष प्रकट दिवसको रुपमा पनि मनाउने गरिन्छ । सो दिनको अवसर पारेर रोट महोत्सव  सुरुआत गरिएको हो । 

एघार दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि आयोजकले नै खाने, बस्ने सुविधा उपलब्ध गराउने संयोजक अकेलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘यसपटक ४० हजार भन्दाबढी पर्यटक महोत्सवमा गोरखा आउने अनुमान गरिएको छ ।’’ सवा लाख रोट महोत्सवमा गोरखनाथको प्रसाद ग्रहण गर्न भारतबाट समेत भक्तजन आउने गर्दछन् । 

‘प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ’

‘प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ’

गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण

गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण

आइतबारको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित

आइतबारको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित

छानबिन समिति बन्न देश छोड्न पर्ने हो : गृहमन्त्री लामिछानेले

छानबिन समिति बन्न देश छोड्न पर्ने हो : गृहमन्त्री लामिछानेले

गृहमन्त्री लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न

गृहमन्त्री लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस …

गृहमन्त्री रवि लामिछानेको गगनप्रति आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं

गृहमन्त्री रवि लामिछानेको गगनप्रति आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेला…

संसद्मा सम्बोधन अब पुराना नेताहरुको गनगनले मात्रै देश चन्दैन : गृहमन्त्री लामिछाने

संसद्मा सम्बोधन अब पुराना नेताहरुको गनगनले मात्रै देश चन्दैन : गृहमन्त्री लामि…

संसद्‍मा रविले भने : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’

संसद्‍मा रविले भने : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’