काफल बेचेर मनग्य आम्दानी

काठमाडौँ, २५ वैशाख: दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीया गीता वादी हिजोआज तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बेच्न व्यस्त हुनुहुन्छ । एक दशकदेखि सोही चोकमा बसेर व्यवसाय गदैँ आउनुभएकी बादीले समयअनुसारका फलफूल बिक्री गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले काफलको मौसम छ, बिहानै खरिद गर्छु । दिनभरी यहीँ चोकमा बसरे  बिक्री  गर्छु । यसैबाट घरपरिवार पाल्न र छोराछोरी पढाउन सजिलो भएको छ ।”

  सल्यानका विभिन्न ठाउँबाट बिहानै छिटुवाका छिटुवा काफल तुलसीपुर बजारमा बिक्रीका लागि त्यहाँका स्थानीयवासीले ल्याउने गर्दछन् । वादी पनि दिनहुँ बिहानै मोलमोलाई गरेर काफल खरिद गर्नुहुन्छ । दिनभर चोकमा बसेर बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । प्रति माना रु एक सयमा काफल बिक्री गर्ने गरेको वादीले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष काफलको उत्पादन घटेको स्थानीयले बताउने गरेको उहाँको भनाइ छ । वादीले गतवर्ष काफल बिक्रीबाट रु ४० हजारबढी आम्दानी गरेको बताउनुभयो । 

बढ्दो  गर्मीसँगै तुलसीपुर बजारका विभिन्न चोकमा बसेर यतिखेर  काफल  बिक्री गर्ने क्रम बढेको छ । विशेष गरेर तुलसीपुर नगरपालिका–१ का विभिन्न गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गर्ने गरिएको छ । ती स्थानमा काफल किन्न आउने सर्वसाधारणको भीड नै देखिन्छ ।

काफलको तुलसीपुर बजारमा मनग्य व्यापार भएको छ । तुलसीपुर नगरपालिका–१ को  अम्बास, टुनापानी र छिमेकी जिल्ला सल्यानका विभिन्न गाउँबाट स्थानीयले यहाँका बजारमा बेच्न ल्याएको काफल प्रति माना रु ५० देखि रु एक सय सम्ममा बिक्री हुने गरेको छ । काफल बेच्न तुलसीपुरस्थित सल्यान सडक खण्डमा सल्यानको धनवाङबाट आउनुभएकी ५० वर्षीया लक्ष्मी पुन वनबाट टिपेर बिक्री गर्न तुलसीपुर बजार आउनुहुन्छ । काफल बेचेर हालसम्म रु १५ हजार आम्दानी गरेको उहाँ बताउनुहुन्छ । 

यस्तै तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बिक्री गर्दैआउनुभएकी सल्यानको कपुरकोटकी सीता पुनले गत वर्ष रु २५ हजार आम्दानी गर्नुभयो । स्थानीयबाट खरिद गरेर बेचेको काफलबाट एउटा याममा रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको कपुरकोटमा व्यापार गर्दै आउनुभएकी निमा पुनले बताउनुभयो । उहाँका दुई छोरीले पनि विद्यालयमा बिदा भएको समयमा काफल टिपेर बिक्री गर्ने गरेको बताउनुभयो ।
 
ग्रामीण भेगका विपन्न बालबालिकाले जङ्गलमा गएर काफल टिपेर बजार लगेर बेच्ने गर्दछन् । यसबाट भएको आम्दानीले उनीहरु कापी, किताब, कलमलगायत सामग्री किन्ने गरेका छन् । 

गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण

गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण

आइतबारको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित

आइतबारको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित

छानबिन समिति बन्न देश छोड्न पर्ने हो : गृहमन्त्री लामिछानेले

छानबिन समिति बन्न देश छोड्न पर्ने हो : गृहमन्त्री लामिछानेले

गृहमन्त्री लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न

गृहमन्त्री लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस …

गृहमन्त्री रवि लामिछानेको गगनप्रति आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं

गृहमन्त्री रवि लामिछानेको गगनप्रति आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेला…

संसद्मा सम्बोधन अब पुराना नेताहरुको गनगनले मात्रै देश चन्दैन : गृहमन्त्री लामिछाने

संसद्मा सम्बोधन अब पुराना नेताहरुको गनगनले मात्रै देश चन्दैन : गृहमन्त्री लामि…

संसद्‍मा रविले भने : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’

संसद्‍मा रविले भने : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’

प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न सर्वोच्च पुगे उपेन्द्र

प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न सर्वोच्च पुगे उपेन्द्र