बर्खे अधिवेशनको लागि सभामुखद्वारा विभिन्न  दलका अध्यक्ष/सभापतिलाई आवाहन्

सङ्घीय संसदको बर्खे अधिवेशन सहज रूपमा अघि बढाउने विषयमा सभामुख देवराज घिमिरेले विभिन्न  दलका अध्यक्ष/सभापतिसँग छलफल गर्न आवाहन् गरेका छन्।

सभामुखले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल गर्न लागेका हुन्।सभामुखले छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन्।