नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६मा
शुक्रबार राति काठमाडौंमा सम्पन्न महासंघको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासंघको निर्वाचन गर्ने मिति तोकेको हो ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो । तर महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर धकेल्न माग गरेपछि महासंघले २६ जेठमा केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुको एकसाथ निर्वाचन गर्ने निर्णय गरेको हो ।
नेपाली पत्रकारहरूको छाता संस्था महासंघमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ । प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासंघको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन् ।
निर्वाचनको मिति तोकेपनि महासंघले साधारण सदस्यको टुंगो भने लगाइसकेको छैन । महासचिव रोशन पुरीले एक साताभित्र साधारण सदस्यको टुंगो लगाइसक्ने भन्दै मिति प्रस्ताव गरेका थिए ।
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया