वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

लुम्बिनीमा मन्त्रालय फुटाएर १२ पु-याइयो, तै पनि मुख्यमन्त्री महराको कुर्सी सुरक्षित छैन

सत्ताका लागि राजनीति। सत्तामा पुगेपछि आफ्नै हात जगन्नाथ। यो नेपाली राजनीतिको चरित्र नै हो। प्रदेश सरकार आएपछि नयाँ उपाय छ, कुर्सी जोगाउन मन्त्री उपहार। मन्त्रालय नपुगे, फुटाएरै बढाउने।
प्रदेशसभाको अघिल्लो कार्यकालमा सातवटै प्रदेशले यही सिको गरे।

पछिल्लो निर्वाचनको डेढ वर्ष भएको छ। प्रदेश सरकारले मन्त्रालय फुटाउने प्रतिस्पर्धा सुरु गरेका छन्। केही दिन अघि मात्र गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाएर सातबाट नौ पु¥याएका थिए। बागमतीमा पनि मन्त्रालय फुटाउने तयारी छ। त्यो भन्दा अगाडि गएर लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रालयको संख्या १० बाट १२ बनाइएका छन्। झ्यालझ्यालमा साइनबोर्ड, कोठाकोठामा मन्त्रालयको नारा उनले अगाडि बढाएका छन्।

https://barnanmedia.com/news/detail/173693/

के दिनमणि बन्लान् त माओवादीको पहिलो प्रधानन्यायाधीश ?

सत्तारुढ नेकपा एमाले र विपक्षी नेपाली कांग्रेसबाट पटक पटक प्रधानन्यायाधीश बनिसकेको र आगामी १२ बर्षको लागि भावी प्रधानन्यायाधीशको रोलक्रममा बसिसकेको सन्दर्भमा न्यायापालिका वृत्तमा एउटा चर्चा चलिरहेको छ । 

के दिनमणि बन्लान् त माओवादीको पहिलो प्रधानन्यायाधीश? वि.सं. २०९२ सालसम्मका प्रधानन्यायाधीशहरुको नियुक्ति भइसकेकोले त्यसपछिको प्रधान न्यायाधीश को होला भन्ने खुल्दुली न्यायिक र राजनीतिक चल्नु स्वाभाविक हो । भावी प्रधानन्यायाधीश को होलान् भन्ने खुल्दुली सधैं चलिरहने भएकाले यो स्वाभाविक खुल्दुली हो । अब न्यायपरिषद्ले सर्वाेच्चमा नियुक्ति थाल्नेवित्तिकै महान्यायाधीवक्ता दिनमणि पोखरेलको नाम पहिलो नम्बरमा आउने चर्चा पनि उक्तिकै छ ।

https://barnanmedia.com/news/detail/173698/

नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल कारागार चलान

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो। 

https://barnanmedia.com/news/detail/173699/

प्रचण्ड सरकारको कूटनीतिक विफलताः न श्रम सम्झौता पुनरवलोकन, न लगानी प्रतिबद्धता

 कतारी राजा शेख तामिम बिल हमाद अल थानीको भ्रमणमा एउटा उच्चस्तरीय पर्यटनमा सीमित भएको छ । नेपालले आफ्नो हैसियतअनुसार खूबै स्वागत सत्कार गर्न खोजे पनि कतारी राजाका लागि केवल नेपाल एक ट्रान्जिट मात्र बन्न पुगेको छ । 

न विपिन जोशीको रिहाइका लागि ठोस पहल भयो । न स्पष्ट लगानी प्रतिबद्धता आयो । न त नेपाललाई कुनै अनुदानबारे कुरा भयो । कतारसँगको हाम्रो प्रमुख कूटनीतिक मामिला नेपाली श्रमिकप्रति मानवोचित व्यवहार हो । त्यसमा पनि कतारले आलटाल मात्र गऱ्यो । प्रगति केही भएन । त्यहाँ कार्यरत नेपाली श्रमिकको अधिकारका विषयमा ठोस छलफल समेत नभएको र नेपालले कुरा उठाउन खोज्दा कतार सुन्नसमेत तयार नभएको अधिकारीहरूले बताएका छन्।

https://barnanmedia.com/news/detail/173702/

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट

 आज बिहिवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेर प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य तोलाको एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

क्यान्सरका प्रकार र उपचारका विकल्पहरू

"क्यान्सर" शब्द एक व्यापक छ। यो एक अवस्था हो जुन तब हुन्छ जब जैविक परिवर्तनहरूले कोशिकाको अनियमित वृद्धि र विभाजनको परिणाम दिन्छ। केही क्यान्सरहरूले कोशिकाहरूको द्रुत प्रसारलाई बढावा दिन्छ, जबकि अरूले कोशिकाहरू विभाजित गर्न र अझ बिस्तारै विकास गर्न निम्त्याउँछ।

शरीरका अधिकांश कोशिकाहरूमा विभिन्न प्रकारका कार्यहरू र आयुहरू हुन्छन्। जबकि सेल मृत्यु एक नकारात्मक घटना हुन सक्छ। "Apoptosis" एक प्राकृतिक र लाभकारी प्रक्रिया हो जसमा कोशिकालाई मर्न निर्देशन दिइन्छ ताकि नयाँ, राम्रो-कार्य गर्ने कोशिकाले शरीर भित्र यसको स्थान लिन सक्छ। क्यान्सरका कोशिकाहरूलाई फैलिन र मर्न रोक्नको लागि जानकारी दिने तत्वहरू अनुपस्थित छन्।

https://barnanmedia.com/news/detail/173730/

नेप्से ३.२४ अंकले घटेर एक हजार ९ सय ६५ दशमलव ९३ विन्दुमा बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहीबार झिनो अंकको गिरावट आएको छ । आज नेप्से ३.२४ अंकले घटेर एक हजार ९ सय ६५ दशमलव ९३ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८८ वटाको बढेको छ भने १४९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मल्टिपर्पोज फाइनान्स लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । यसका साथै आज पोखरा फाइनान्स लिमिटेडको शेयरमूल्य ८.०५ प्रतिशतले बढेको छ ।  

https://barnanmedia.com/news/detail/173736/

अब वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना-खाजा र पानी

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल  एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ । 

विभागले बुधबार पत्राचार गरी हवाई टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो । मलेसिया तथा मध्यपूर्वका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि श्रमिकहरूले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समय भन्दा तीन घण्टा अगाडि विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ । यसरी घण्टौँको यात्रामा पनि श्रमिकले खाना, खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरेले बताए ।

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वास मत पाएका छन् । आज बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कँडेलले विश्वासको मत लिएका हुन् । आजको बैठकमा ३५ जना सहभागी सदस्य मध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ मत परेको थियो भने उनको विपक्षमा १२ मत परेको थियो । यस्तै १ सदस्य तटस्थ बसेका थिए । एमालेका कँडेल चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन् । नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् ।

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन अनन्तले  निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् । 

आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरुसँग परामर्श गर्ने क्रममा मन्त्री पुनले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने बताए । 

https://barnanmedia.com/news/detail/173751/

महोत्तरीको मटिहानीमा क्षति पहिचान तथा राहत एवं पुनर्स्थापनाका लागि समन्वय गर्न टोली परिचालन

 बैशाख १२ गते महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-६, जरलहवा टोलमा आगलागी हुँदा नष्ट भएका घर संरचनाहरुका बारेमा वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवं पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरुसँग समन्वय र सहजीकरण गर्न प्राधिकरणका सहसचिवको नेतृत्वमा एक टोली परिचालन गरिएको छ । 

प्राधिकरणका सहसचिव गोगनबहादुर हमालको संयोजकत्वको उक्त टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य, प्राधिकरणका उपसचिव डा. डिजन भट्टराई र प्राधिकरणकै उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्मा हुनुहुन्छ ।   टोलीले क्षतिको पहिचानका साथै पीडितहरुलाई राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी आगामी दिनमा गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव दिनेछ । साथै, जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक सहयोग तथा सहजीकरण गर्नेछ । 

https://barnanmedia.com/news/detail/173752/

किसानको मल छुटाइदिने भन्दै आठ हजार घूस मागेको अभियोग लागेका असइलाई सफाइ

विशेष अदालतले बाँकेस्थित प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) लाई सफाइ दिएको छ । बिहीबार विशेषले गजेन्द्र सिंह भण्डारीलाई सफाइ दिएको हो ।  विशेषका सदस्यहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा भण्डारीलाई सफाइ दिएको हो । भण्डारीविरुद्ध चार महिना अघि मुद्दा दायर भएको थियो । 

कृषि प्रयोजनका लागि भारतबाट ल्याउँदै गरेको युरिया मलसहित मोटरसाइकल छुटाइदिने प्रयोजनका लागि घूस माग गरेको अभियोग भण्डारीमाथि थियो । उनले आठ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा पक्राउ गरिएको थियो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २५ पुसमा उनलाई रंगेहात पक्राउ गरेको थियो । जसपछि १४ माघमा मुद्दा दायर भएकोमा विशेषले सफाइ दिएको हो ।

https://barnanmedia.com/news/detail/173754/

रोयल क्यासिनोका सञ्चालक सिंहसमेत पाँचै जनालाई सम्पत्ति शुद्धिकरणमा सफाइ

होटेल याक एन्ड यति परिसरमा सञ्चालित रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहसमेत पाँच जनाले सम्पत्ति शुद्धिकरण मुद्दामा सफाइ पाएका छन् । गिल्ट इन्भेस्टमेन्ट प्रालिका सञ्चालकसमेत रहेका सिंहविरुद्ध १५ कात्तिक २०७९ मा मुद्दा दायर भएको थियो ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सिंह तथा शारदा देवी सिंह, जीवन बहादुर सिंह, जयन्ती थापा र गिल्ट इन्भेस्टमेन्ट प्रालिविरुद्ध मुद्दा दायर गरेको थियो । यी पाँचै जना प्रतिवादीले बिहीबार सफाइ पाएका छन् । 

https://barnanmedia.com/news/detail/173755/

नक्कली भुटानी शरणार्थी प्रकरण ः मियाँ र आङटावासँग धरौटी माग गर्न आदेश

 सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका दुई जनालाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ । उच्च अदालत पाटनले गत १५ मंसिरमा नौ जनालाई थुनामै राख्ने आदेश गरेको थियो । 

उनीहरु उच्चको आदेशविरुद्ध सर्वोच्च पुगेकोमा सर्वोच्चको संयुक्त इजलासबाट बिहीबार यस्तो आदेश भएको हो । यद्यपि आदेशको लिखित भने आइसकेको छैन । 

https://barnanmedia.com/news/detail/173760/

उपनिर्वाचनको सुरक्षा व्यवस्थापन पूरा

आसन्न इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा हुने  उपनिर्वाचनको सुरक्षा व्यवस्थापन कार्य पूरा भएको छ । प्रहरी प्रधान कार्यालयद्वारा  आज यहाँ  आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको  आवश्यक सुरक्षा व्यवस्थापन कार्य  तयारी पूरा भएको जानकारी दिइएको हो ।  केन्द्रीय प्रहरी प्रवक्ता  प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा  यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि ‘उपनिर्वाचन सुरक्षा योजना–२०८१’ तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । 

 “निर्वाचनको क्रममा देखिनसक्ने सुरक्षा चुनौतीलाई सुक्ष्म अध्ययन गरी आम मतदातालाई ढुक्क भएर आफ्नो अधिकार प्रदान गर्ने वातावरण निर्माणमा  प्रहरी जुटेको छ”, उहाँले भन्नुभयो । प्रहरीले मतदाता र मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको उहाँको भनाइ छ ।