धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताउनुभएको छ । 

त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उहाँले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिन्छ भन्नुभयो ।  उहाँले  पर्यटन पूर्वाधार निर्माणका आधारभूत संरचना निर्माण गर्न  वडा र पालिका अग्रसर हुनुपर्ने बताउनुभयो । 

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेकोरु एक करोड ४४ लाख ८४ हजार चार सय ९० लगानीमा हलेसीमा हवन कुण्ड बन्दैछ । आगामी असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी काम सुरु भएको हो ।

शिलान्यासपछि खोटाङ प्रदेशसभा  (१)का सदस्य पाँचकर्ण राईले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रको विकासका लागि  सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो ।  

हलेसी आउने दर्शनार्थीको सुविधाका निम्ति  मन्दिर परिसरमा नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा  अतिथिगृह निर्माणाधीन छ ।  निगमबाट रु दुई करोड प्राप्त भएपछि नगरपालिकाले आव २०७९/८० मा रु दुई करोड ९६ लाख बजेट विनियोजन गरिएको थियो । 

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

अफगानिस्तान: विदेशीलाई लक्षित गरी सबैभन्दा ठूलो हमला, मृत्यु हुनेको संख्या बढ्यो

अफगानिस्तान: विदेशीलाई लक्षित गरी सबैभन्दा ठूलो हमला, मृत्यु हुनेको संख्या बढ्…

शेयर बजारले बदल्दै समाज : नयाँ कमिसन दरको लागूतर्फ, राष्ट्र बैंकको मौद्रिक नीतिमा परिवर्तन

शेयर बजारले बदल्दै समाज : नयाँ कमिसन दरको लागूतर्फ, राष्ट्र बैंकको मौद्रिक नी…

दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० जनालाई मृत्युदण्ड

दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० जनालाई मृत्युदण्ड

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु