ढुङ्गा हानेर दाइकाे हत्या गर्ने एक जना पक्राउ

दाइ पर्नेलाई हत्या गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । ४० वर्षीय गणेश नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरिएको आरोपमा  भिमदत्त नगरपालिका-१ सृजना टोल बस्ने ३५ वर्षीय दीपक नेपालीलाई प्रहरीले पक्राउ गरेको हाे।

ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले आरोपि नेपालीलाई बुधबार दिउँसो पक्राउ गरेको  हाे।

घटना बारे थाहा पाउना साथ दीपकलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ।यस सम्बन्धमा थप  अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।