काठमाडौँको पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

काठमाडौँको पुतलीसडकमा भएको सवारी दुर्घटनामा एक युवकले ज्यान गुमाएका छन्। 

काठमाडौँ  महानगरपालिका–२८ पुतलीसडकमा भ्यान र मोटरसाइकल आपसमा  ठोक्किँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार राति बागमती प्र०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका १२ का २३ वर्षीय शाहिल देउलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका देउलालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनापछि प्रहरीले पिकअप भ्यानका चालक भक्तपुरको लोकन्थली बस्ने सौरब वस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।