डिभीको नतिजा प्रकाशित ,यसरि हेर्न सकिन्छ नतिजा

अमेरिका जान सन् २०२५ का लागि आवेदन दिइएको  अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा(डिभी)काे नतिजा प्रकाशित भएकाे छ।नेपाली समय अनुसार वैशाख २२ गते (आज) रातिको ९ बजे बाट आफ्नो कन्फरमेसन नम्बर डिभिको नतिजा हेर्ने वेबसाईटमा प्रविष्ट गरी नतिजा हेर्न सकिन्छ।

 नेपालस्थित अमेरिकी दूतावासका अनुसार नतिजा थाहा पाउने यो नै एक मात्र तरिका हो ।अमेरिकी सरकारले सन् २०२५ मा इडीभी भिसामार्फत लैजानको लागि सन् २०२३ मा नै आवेदन खुलाएको थियो।नेपालीले यसपटक पनि करिव ७ लाखको हाराहारीमा इडीभी भरेकाे  ट्राभल स्टेटको तथ्याङ्कले देखाएको छ।

यसपटक कुल आवेदनको ०.६ प्रतिशत मात्र इडीभी पर्ने चान्स छ। अर्थात् १ सय ५८ जनाले ईडीभी भरेका छन् भने १ जनालाई मात्र पर्ने चान्स हुन्छ।

रिजल्ट हेर्न तलकाे link click गर्नुहाेला:

 https://dvprogram.state.gov/ESC/CheckStatus.aspx