घाँस काट्ने क्रममा डढेलोमा परेर २ महिला घाइते

बैतडीमा घाँस काट्न गएका २ महिला घाइते भएकी छन् । दशरथचन्द नगरपालिका–१ की ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती घाँस काट्ने क्रममा डढेलोमा परेर  घाइते भएकि हुन्।

दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटीरहेका महिला जंगलबाट आएको डढेलोमा परी घाइते भएको प्रहरीले जनाएको छ । उनिहरूकाे अवस्था भने सामान्य रहेकाे प्रहरीले जनाएको छ ।

 जिल्लामा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताए।