सिन्धुपाल्चोक दुर्घटना: मृतक र ५२ घाइते सबैको सनाखत

सिन्धुपाल्चोकको तौथलीमा आज बिहान जन्ती बस दुर्घटना हुँदा ज्यान गुमाउने र घाइते सबैको सनाखत भएको छ। दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईले जानकारी दिए। 

मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ का ६९ बर्षीय मानबहादुर थामी, १९ बर्षीय दिपेन्द्र थामी र २२ बर्षीय शिव श्रेष्ठ रहेका छन्। दोलखाको भिमेश्वर १ बाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस आज (शुक्रबार) बिहान साढे सात बजे त्रिपुरासुन्दरी–४ तौथलीको धारावतीमा दुर्घटनामा परेको हो। 

दुर्घटनामा घाइते भएकाहरु मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। दुर्घटनामा बेहुला र उनकी बेहुला आमा समेत घाइते भएकी छन्। 

‘बेहुला सुशिल थामी र उनकी आमा साहिली थामी पनि दुर्घटनामा घाइते भएका छन्,’ डीएसपी भट्टराईले नेपालखबरसँग भने, ‘उनीहरुको अवस्था सामान्य छ। गम्भीर घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ।’

दुर्घटनामा घाइते भएका बेहुला र उनकी आमा सामान्य उपचारपछि डिस्चार्ज भएका प्रहरीले जनाएको छ। अन्य घाइतहरुमा दोलखाकाे भिमेश्वर नगरपालिका १ बस्ने २१ बर्षीया स्वस्थानी तामाङ (टाउको हात खुट्टामा चोट, अबस्था मध्यम), सोही स्थानका  २५ बर्षीय प्रकाश तामाङ (टाउको खुट्टामा चोट, अवस्था मध्यम), ४४ बर्षीय ज्ञान बहादुर तामाङ (टाउको र शरिरमा चोट, अवस्था मध्यम), बसका चालक ३४ बर्षको दल बहादुर तामाङ (टाउको हात खुट्टामा चोट अवस्था मध्यम) रहेका छन्। 

यस्तै, दोलखा कालिन्चोक गाउँपालिका ९ का २४ बर्षका सिंह बहादुर लामा (टाउको, ढाडमा चोट अवस्था मध्यम) रहेका छन् भने दोलखा भिमेश्वर १ बस्ने १७ बर्षका ईश्वर थामी (टाउको, हात खुट्टामा चोट अवस्था मध्यम), सुन्दारावती गाउँपालिका ९ का १९ बर्षीय लक्ष्मण थामी(टाउको हात खुट्टामा चोट अवस्था मध्यम), भिमेश्वर १ बस्ने गोपाल थामी (अनुहारमा सामान्य चोट) रहेका छन्। 

यस्तै, सोही स्थानका राम चन्द्र थामी, सुनिल थामी, सन्जिव थामी, श्रीराम थामी, चम्फा थामी, सुकमाया थामी, भुबन थामी, डिल्ली थामी, रोमन थामी र  भिम बहादुर थामीको सामान्य उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। उनीहरुमा सामान्य चोटपटक लागेको कारण उपचार पछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

यस्तै अन्य घाइतेहरुमा भीमेश्वर १ बस्ने सागर थामी, विवस थामी, यज्ञ बहादुर थामी विक्रम थामी, कृष्ण थामी, रन्जिला थामी, रोसिला थामी, सम्राट थामी, नारायण थामी, पुरुषोत्तम थामी, मोहन थामी, सन्त बहादुर थामी र राजेश थामी रहेका छन्। त्यसैगरी राजकुमार थामी, टीकाराम थामी, रमेश थामी, मुरारी थामी सामान्य घाइते भएका छन्। उनीहरुको सिन्धुपाल्चोकमै रहेको सदाबाहर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

 यस्तै केही सामान्य घाइतेहरु डिस्चार्ज भएर घर फर्किएका छन्। डिस्चार्ज हुनेहरुमा भीमेश्वर १ कै गणेश भुजेल, भगवान भुजेल, राजिव थामी, ईश्वर भुजेल, रञ्जित थामी, रण बहादुर थामी, कान्छा थामी, अमर बहादुर थामी, धधन बहादुर थामी रहेका छन्।

त्यसैगरी भिमेश्वर नगरपालिका-३ का धुर्व कुसु, त्रिपुरासुन्दरी गाउँपालिका- २ का खेलराज थामी र त्रिपुरासुन्दरी-२ का गोकुल थामी सामान्य घाइते भएर प्राथमिक उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।