नक्कली भुटानी शरणार्थी प्रकरण:आज न्यायाधीशद्वय रेग्मी र ढुङानाको इलासमा पेसी

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका प्रतिवादीहरुको मुद्दामा आइतबार पनि पेसी तोकिएको छ। आज न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङानाको इलासमा पेसी तोकिएको छ।

यो मुद्दाको पछिल्लो  समय लगातार पेसी तोकिँदै आएको छ। बन्दीको निवेदन भएकाले सर्वोच्चले प्राथमिकता दिएर सुनुवाइका लागि पेसी तोक्दै आएको छ। तर निवेदनकले दुई पटक स्थगित गरे भने एक पटक हेर्न नमिल्ने हुँदै स्थगित भयो। आइतबार उक्त मुद्दा क  नम्बरमा पेसी तोकिएको छ।

त्यसअघि निवेदन फिर्तादेखि अन्य प्रक्रियागत मुद्दाहरु पेसी तोकिएको छ। आइतबार पेसी तोकिएको मुद्दामा अर्को एक थान सँगै राख्ने, छुटेको कुरा बहसमा आएपछि लगाउ राख्ने आदेश गरेको थियो। सोमबार पनि पेसी तोकिएको थियो। उक्त दिन निवेदका कानुन व्यवसायीले सुनुवाइ स्थगित गरेका थिए।

सर्वोच्चले बुधबार पनि तोकेको थियो। बुधबार न्यायाधीशद्वय शुष्मालता माथेमा र अब्दुल अजिज मुलसमानको इजलासमा पेसी तोकिएको थियो। उक्त दिन पनि निवेदनकका कानुन व्यवसायीले स्थगित गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ थान निवेदन रहेका छन्। 

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेपछि पुर्पक्षका लागि थुनामै रहेका अभियुक्तहरुले उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा बेरितको निवेदन दायर गरेका थिए।  

अलगअलग उनीहरु सर्वोच्च पुगेपछि अदालतले एकै ठाउँमा राखेर सुनुवाइ गर्दै आदेश यसअघि गरेको थियो। ब्लक हेयरिङ पद्धति अनुसार यो मुद्दाको सुनुवाइ हुन लागेको हो।

उच्चको आदेशले थुनामा रहेकामध्ये अधिकांश प्रतिवादीहरुले बेरितको निवेदन दर्ता गराएका थिए। उच्चको आदेशले थुनामै बस्नुपर्ने भएपछि अन्तिम विकल्पको रुपमा उनीहरु सर्वोच्च पुगेका हुन्। आइतबार हुने सुनुवाइले उनीहरु थुनामै रहने कि धरौटीमा रिहा हुने निर्णय गर्नेछ। मुद्दा ङ नम्बरमा पेसी रहेको छ।  

आज सुनुवाइ हुँदै यदि सर्वोच्चले उनीहरुलाई थुनामा राख्ने निर्णय सदर गरेमा भने मुद्दाको किनारा नभएसम्म थुनामै बिताउनुपर्नेछ। यदि सर्वोच्चले धरौटी माग गरे उनीहरु तोकिएको धरौटी बुझाएर रिहा हुनेछन्।