मोटरसाइकलको चक्कामा सल बेरिँदा युवतीको मृत्यु
महोत्तरीको बर्दिवास जंगलमा शनिबार बिहान करिब मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका-५ टुटेश्वर जंगलमा आज बिहान करिब नौ बजे सर्लाहीबाट महोत्तरीको बर्दिबास तर्फ जाँदै गरको प्रदेश २-०३-००७ प ३३६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परको हो।
दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका- ४ कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटाको मृत्यु भएको छ।
डीएसपी रेवतीरमण पोखरेलका अनुसार छोरीले मोटरसाइकल चलाएकी र आमा पछाडि बसेकी थिइन्। पछाडि बसेकी आमाको सल मोटरसाइकलको पछाडीपट्टीको चक्कामा बेरिँदा घटना भएको पोखरेल जनाएका छन्।सल मोटरसाइकलको पछाडिपट्टीको चक्कामा बेरिएर मोटरसाइकल अनियन्त्रित भई सडकमा ढलेपछि आमा-छोरी गम्भीर घाइते भएका उनले बताए।
दुर्घटनामा मृतककि आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छन्। उनलाई बर्दिबासमा रहेको शुभस्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको छ।
प्रतिक्रिया