जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर, १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका-१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ
प्रहरीले पक्राउ गरेको छ । अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो

बर्दिया, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० करमोहनी बस्ने २१ वर्षीय सुमन प्रसाद कुवरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुमनले ती किशोरीलाई गत माघ १ गते ललाइ फकाइ बिवाह गर्छु भनि प्रलोभनमा पारि जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले
उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।