९ वटा खच्चरसहित कालिकोटका युवक पक्राउ

कञ्चनपुरबाट ९ वटा खच्चरसहित कालिकोटका युवक पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१२ ओदालीबाट अबैंध रुपमा भारत तर्फ लैजाने क्रममा अन्दाजी ५ लाख ४० हजार मूल्यको ९ वटा खच्चरसहित कालिकोटको सान्नि त्रिबेणी गाउँपालिका–६ बस्ने २० वर्षीय भक्त बि.सी.लाई शुक्रवार दिउँसो कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गेबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। उक्त खच्चरसहित उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गडडाचौकीमा बुझाएको प्रहरीले जनाएको छ ।