आईपीएल २०२४: KKR ले टस जित्यो, RCB लाई पहिले ब्याटिङ गर्न निम्तो

आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सबीच बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा खेल हुँदैछ ।

यस खेलमा कोलकाता नाइट राइडर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । दुवै टोलीले अहिलेसम्म एक–एक खेल जितेका छन् । यो KKR को दोस्रो र RCB को तेस्रो खेल हो।

केकेआरले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई चार विकेटले पराजित गरेको थियो । आरसीबी पहिलो खेलमा सीएसकेसँग हारेको थियो, तर पञ्जाब किंग्ससँग जितेको थियो।

यो सिजन केकेआरको कप्तानी श्रेयस अय्यरले गरिरहेका छन् । आरसीबीको कप्तानको जिम्मेवारी फाफ डु प्लेसिसको काँधमा छ।