नेप्से दोहोरो अंकले बढ्यो

 साताको कारोबारको अन्तिम दिन सेयरबजारमा दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक १३.५१ प्रतिशतले बढेर २०३०.५५ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका ३ उपसमुहको सेयरमूल्य घटेको छ भने १० उपसमूहको सेयरमूल्य बढेको छ । बिहिबार कारोबार रकमका आधारमा नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन एन आई सी एशिया ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.२१ प्रतिशतले घटेको छ । कुल ३०९ कम्पनीको ८९ लाख २९ हजार १५२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।