सालिन मृत्यु प्रकरण: प्रधानाध्यापकसहित ३ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

सालिन मृत्यु प्रकरणमा पक्राउ गरिएका एकता शिशु निकेतन स्कुलका प्रधानाध्यापकसहित ३ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

सोमबार जिल्ला अदालत चितवनले उनीहरूलाई अनुसन्धान गर्न थप ४ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ।

 फागुन १२ मा सालिनलाई छात्रावासमा मृत फेला परेपछि उनको हत्या भएको किटानी जाहेरीको आधारमा प्रहरीले प्रधानाध्यापकसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

उनीहरूलाई अदालतले पहिलोपटक ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।